site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दमकबाट नेपथ्यको यात्रा प्रारम्भ
Sarbottam CementSarbottam Cement

दमक । झापाको दमकमा नेपाली लोक रक ब्याण्ड नेपथ्यले आफुलाई प्रस्तुत गरेको छ । यतिबेलै दमक महोत्सव पनि आयोजना गरिरहेको यो उत्सवमय सहरको ठूलो हिस्सा शुक्रबार कन्सर्टमा उपस्थिति जनाउन स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयको प्रांगणमा भेला भएको थियो । स्थानीयस्तरमा आयोजना हुने फूटबल प्रतियोगीताको आयोजनास्थलका रुपमा समेत चिनिएको यस प्रांगणमा झण्डै पाँच हजार दर्शकको उपस्थिती देखिन्थ्यो ।

चिनियाँ सहयोगमा विशाल औद्योगिक करिडोर र उच्च पहाडी पूर्वी भेग पाँचथर हुँदै ताप्लेजुङ सम्मको सोझो राजमार्ग निर्माणका सपना बोकेर कुद्ने तरखरमा रहेको दमक यतिबेला पुसको चिसोमा पनि तातिएको देखिन्थ्यो ।

सहरका अधिकांश जनसंख्या निकट भविष्यमै बन्ने वामगठबन्धन सरकारको प्रतिक्षामा बसेको महशुस यहाँ जताततै चलिरहेको राजनीतिक चर्चा परिचर्चाले गराउँछ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले कन्सर्टको अन्त्यतिर भावी प्रधानमन्त्री केपी ओलीले अबको नेपाललाई स्थिर सरकार दिएर समुन्नतीतर्फ लैजाने शुभकामना नेपथ्यका गायक अमृत गुरुङले दिँदा दर्शक दीर्घाले ठूलो ताली र हल्लाका साथ समर्थन जनाएको थियो । 

भौगोलिक अवस्थितीका कारण पूर्वाञ्चलका फरक जिल्लाहरुको एउटा केन्द्रका रुपमा विकास हुँदैगएको यो सहरमा नेपथ्य चौथोपटक उपस्थित भएको हो । यसभन्दा अघिल्ला तीनवटै कन्सर्ट हलहरुमा आयोजना गरेको नेपालकै प्रसिद्ध लोक–रक ब्याण्डले यसपाला दमकमा पहिलोपटक खुला आकास मुनी आफुलाई उभ्याएको थियो ।

Global Ime bank

विद्यालय प्रांगणको बीचैमा उभ्याएको मञ्च आधुनिक साउण्ड सिस्टम र प्रकाश ब्यवस्थाले भरिएको थियो ।

कन्सर्टको सुरुवात नेपथ्यका दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो । छिमेककै पहाडी सहर धनकुटाबाट उदाएर मुलुककै प्रसिद्ध कवि बन्नपुगेका प्राध्यापक तुलसी दिवसले वाल्यकालमै यसै भेगमा सिर्जनागरेको गीत हो ‘सम्झीराख’। यस गीतलाई कन्सर्टको बेलामा दमकमै पहिलोपटक प्रस्तुत गरिएको हो ।

म्यूजिक भिडियोको लगत्तै मञ्चमा प्रवेश गरेको नेपथ्य टोलीले त्यसपछि सरुभक्त रचित ‘कुरुप अनुहार हो’ गीतबाट कार्यक्रम सुरुगरेको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै ‘आँगनैभरि’ गाउने बेलामा गायक अमृत गुरुङले ब्याण्ड स्थापनाको बेलाका सम्झनाहरु सुनाए ।

यतिबेला आफ्नो स्थापनाको २५ औं वर्ष मनाइरहेको ब्याण्डले उसको त्यो पहिलो गीत सुनाउने बेला पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो ।

त्यसपछि अमृतले क्रमशः ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ हुँदै फेरि नेपथ्यको पछिल्लो एल्बम ‘ऐनाझ्याल’ मा समेटिएको चर्चित गीत ‘जोगले हुन्छ भेट’ सुनाएका थिए ।

कार्यक्रममा ‘तिमी पनि नेपाली’, ‘यो जीन्दगानी’, ‘कोशीको पानी’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’ हुँदै दर्शकहरुले सुरुदेखि माँग गर्दैआएको ‘रेशम’ र ‘तालको पानी’ सुनाइएको थियो ।

गीत गाउनुका साथै समसामयिक विषयवस्तुमा अभिमत पनि सुनाउने गायक अमृत गुरुङले कार्यक्रममै चिकित्सा क्षेत्रको सुधारका लागि अनशन बस्दै आएका डा. गोविन्द केसीको पक्षमा सबैतिरबाट जनमत प्रकट गर्ने यो नै सबैभन्दा महत्वपूर्ण क्षण रहेको उल्लेख गरेका थिए । त्यतिबेला दर्शकले दिएको विशाल समर्थनलाई आफूले दमकबाट केसीको अनशनका पक्षमा पाएको अनुमोदनका रुपमा लिएको अमृतले सुनाएका थिए ।

कार्यक्रममा ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता दर्शकलाई मुलुक र परिस्थितीसँग नजिक्याउने गीत पनि दमकका श्रोता दर्शकका निम्ति गाइएको थियो । कवि गोपालप्रसाद रिमालको त्यही जंगीनिशान गीतबाटै कार्यक्रमको बिट मारिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC