site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जुम्ला । मोटरसाइकलको ठक्करबाट घाइते भएकी चन्दननाथ–९ तलिउम गाउँकी ४० वर्षीया नरकली गिरीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । 

उनलाई बुधबार नेपाल दूरसञ्चार शाखा कार्यालय जुम्ला अघि क १ प ४९ नं को मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेकी गिरीको उपचार गर्ने शर्तमा चन्दननाथ नगरपालिका–६ जुम्लाका १९ वर्षीय चालक टेकेन्द्र रोकायालाई प्रहरीले छोडेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

घाइते गिरीको स्वास्थ्यमा सुधार नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले शुक्रबार नेपालगञ्ज रिफर गरेको थियो । रिफर गरिएकी गिरीलाई नेपालगञ्ज लैजाँदै गर्दा जुम्ला विमानस्थलमा उनको मृत्यु भएको प्रतिष्ठानका मेडिकल निर्देशक डा पूजन रोकायाले जानकारी दिए ।  

घाइतेको मृत्युपछि चालक रोकाया र मोटरसाइकल दुवै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतकका आफन्तले भने गिरीको उपचारमा लापर्बाही गरेको भन्दै शुक्रबार बेलुका प्रतिष्ठानप्रति आक्रोश पोखेका छन् । 

Global Ime bank

उनीहरुले मृतकको परिवारका लागि उचित राहतको व्यवस्था गर्ने समझदारी नभएसम्म शव नबुझ्ने चेतावनी दिएका छन् । जसका लागि आज जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय, प्रतिष्ठान र पीडित पक्षबीच वार्ता हुने प्रतिष्ठानले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC