site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवालाई उद्यमशीलमुखी कार्यक्रम ल्याउनुपर्छ : डा कोइराला
Ghorahi CementGhorahi Cement

नवलपरासी ।नेपाली काँगे्रसका महामन्त्री डा शशांक कोइरालाले युवा विदेशतर्फ जानुभन्दा स्वदेशमै सिर्जनात्मक कार्य गर्नुपर्ने र सरकारले तिनलाई उद्यमशीलमुखी कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीमा शुक्रबारदेखि शुरु भएको दोस्रो नवलपरासी युवा सम्मेलनको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सांसद डा कोइरालाले युवालाई प्राविधिक सीप प्रदान गर्दै खाडीमुलुक जानबाट रोकी राष्ट्र निर्माणमा प्रयोग कसरी गर्ने भन्ने देशको प्रमुख कार्यसूची हुनुपर्ने बताए । 

Agni Group

सम्मेलनमा उद्योगपति विनोद चौधरीले नेपालमा वार्षिक रुपमा चार लाख युवा जनशक्ति बजारमा आउने गरे पनि प्राविधिक शिक्षाको कमीका कारण दक्ष नहुँदा बेरोजगारी समस्या बढेको बताउँदै सरकारले नीतिगत रुपमा शिक्षा प्रणालीलाई परिवर्तन गर्नाको विकल्प छैन भने । 

हरियाली संस्था र वातावरण जनजागरण विकास मञ्चको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा ‘समाज परिवर्तनका लागि युवा’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा जिल्लाभरिका करीब १०० युवाको सहभागिता छ । दिगो समृद्ध समाज निर्माणमा युवाको महत्वपूर्ण भूमिका हुने र त्यसका लागि युवालाई उत्तरदायी गराई समाजका हरेक कार्यमा युवालाई संलग्न गराउनका लागिसम्मेलनले टेवा पु¥याउने आयोजकले जनाएको छ । 

Global Ime bank

आज सकिने सम्मेलनमा ‘नवलपरासीमा युवाको सम्भावना र चुनौती’, ‘दिगो समृद्ध समाज निर्माणमा युवा’, ‘विश्व सफाइ दिवस’ लगायत विषयमा छलफल हुने कार्यक्रम संयोजक सुधन लम्सालले जानकारी दिए । 

सम्मेलनबाट आएका निष्कर्षबाट ‘युवा घोषणापत्र’ जारी गरी नवलपरासीका सम्पूर्ण स्थानीय तहका प्रमुख उपप्रमुखलाई हस्तान्तरण गरिने बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC