site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
छोरालाई विद्यालय जाने बाटो बनाइदिन २ वर्षसम्म चट्टान फुटाएका यी बहादुर बुबा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतका एक समर्पित र बहादूर पिताले आफ्ना तीन छोरालाई पढाउन २ वर्षसम्म दैनिक पहाडका ढुङ्गा फुटाएर ८ किलोमिटरको बाटो निर्माण गरेका छन् । हिमाली भेगको अत्यन्तै विकट स्थानमा बस्ने हुनाले सबै स्थानीयवासीहरु दैनिक सुविधाको अभावमा गाउँ छाडेर गएपनि उनले भने हिम्मत हारेनन् ।

आफ्ना छोराहरु नजिकैको शहरमा पढ्ने भएकाले उनीहरुका लागि सुरक्षित बाटो निर्माण गर्न उनले दुई वर्षदेखि लगातार ८ घण्टा काम गर्ने गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । जलन्दर नायक नाम गरेका यी व्यक्ति ओढिसा गुमसाहीका एकमात्र वासिन्दा हुन् । उनले केबल हम्मर र बेल्चाको प्रयोग गरेर ८ किलोमिटरसम्मका चट्टानहरु फुटाई शहरसम्म पुग्ने बाटो  निर्माण गरिसकेको बताइएको छ । आफ्ना तीन छोराले सजिलैसँग विद्यालय जान पाऊन् भन्ने मनसायले उनले यस्तो काम थालेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको लक्ष्य अझै तीन वर्षसम्म यसैमा लागि परेर १५ किलोमिटरसम्मको बाटो बनाइ गाउँलाई नजिकैको फुलबानी शहरसम्म जोड्नु रहेको उनले बताए । उनका छोराहरु त्यहीँको स्कुलमा पढ्ने भएकाले बाटोको अभावमा उनीहरु दैनिक जोखिमयुक्त र अफ्ठ्यारो यात्रा गर्न बाध्य भएको नायकले कलिङ्गा टिभीलाई बताएका हुन् । 

उनले भने, ‘मेरा बच्चाहरुलाई साघुँरो र ढुङ्गैढुङ्गाको बाटो प्रयोग गर्न धेरै कठिन हुने गरेको छ । कतिपटक त उनीहरु ढुङ्गामा चिप्लिएर लड्दा गम्भीर चोटपटक समेत लाग्ने गरेको छ । त्यसैकारण उनीहरु सजिलोसँग र सुरक्षितसाथ विद्यालय जान सकून् भनेर मैले ढुङ्गा फोडेर हिँड्न लायकको बाटो बनाउने अठोट गरेको हुँ । ’ 

Global Ime bank

नायकको यस्तो मार्मिक र बाहदुरीपूर्ण कहानीका बारेमा यसअघि कसैलाई थाहा थिएन तर जनवरी ९ मा हिन्दुस्तान टाइम्सले यसको रिपोर्ट प्रकाशन गरेर ४५ वर्षीय नायकको कथा सबैमाझ सार्वजनिक गराएको हो ।

स्थानीय पत्रिकामा प्रकाशित भइसकेपछि यसले सरकारको ध्यान पनि केन्द्रित गर्न सफल भयो । र यसै अन्र्तगत सरकारले ग्रामीण क्षेत्रको विकासमा लागिपरेको भन्दै उनको मेहनत र बहादुरीलाई पुरस्कृत गर्ने निर्णय सुनाइसकेको छ । उनको कथाबारे थाहा पाएपछि मार्मिक बनेका सरकारी कोषका प्रबन्धकले नायकको अहिलेसम्मको सम्पूर्ण मेहनतको बदलामा उनलाई सरकारी कोषबाट नगद प्रदान गरिने निर्णय लिएका छन् । शहरसम्म बाटो पुर्याउन थप मद्दत गर्न आर्थिक सहयोगका साथै सरकारले अन्य कामदार र कर्मचारीहरु पनि थपिदिने निर्णय गरेको नायकले खुसी हुँदै बताएका हुन् ।

अहिले भारतीय सञ्चार माध्यमले नायकलाई माझी नाम गरेका अर्का यस्तै व्यक्तित्वसँग तुलना गरिरहेका छन् जसले २२ वर्षसम्म त्यसरी नै चट्टानहरु फुटाएर नजिकको शहरसम्म बाटो पुर्याउने प्रयास गरेका थिए । शहर जाने क्रममा जोखिमयुक्त बाटोका कारण पहाडबाट खसेर माझीकी पत्नीको मृत्यु भएपछि उनले आफ्नो आधा जीवन पहाडका ढुङ्गा फोडेरै बिताएका थिए । माझीको जीवनमा आधारित फिल्म समेत बनाइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC