site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहमति जुट्न नसक्दा प्रदेश प्रमुख र राजधानी तोक्न सकिएन : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नका लागि पटक पटक गरिएको छलफलमा सहमति जुटन नसकेको बताएका छन् ।

शनिबार हुने सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन आएका देउवाले शुक्रबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सहमति नभएकोले अब सरकारले आफैँ तोकिदिने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिलेसम्म पटक–पटक अन्य दलहरुसँग छलफल गरिएको तर सहमति हुन नसकेकाले संविधानअनुसार अब सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने बताए । 

देउवाले आफु सरकारको नेतृत्व छोडन तयार रहेपनि राष्ट्रिय सभाको निर्वाचनअघि छोडने अवस्था नभएकाले राष्ट्रियसभाको चुनाव गरेर छोडने बताए । ३३ प्रतिशत महिलाको सहभागिताका कारणले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको गठन हुने संवैधानिक व्यवस्था भएकाले सरकार छोड्न ढिलाई भएको उनको भनाई थियो ।

Global Ime bank

संविधान कांग्रेसको नेतृत्वमा लेखिएको र कांग्रेसले तीन वटै तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गरेको पनि देउवाको दाबी थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC