site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

ढाका । बङ्गलादेशको राजधानीको एक भवनलाई घेरा हालेर सुरक्षा अधिकारीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा संदिग्ध तीन मुस्लिम आतङ्ककारी माएिका छन् । 

केही मुस्लिम आतङ्ककारीहरु लुकेर बसेको सचूना प्राप्त भएपछि ढाकाको तेज्गाओन क्षेत्रमा शुक्रबार सो सुरक्षा कारबाही चलाइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास भवन अगाडि रहेको रुबी भिल्ला नामक पाँच तल्ले भवनबाट शवहरु निकालिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

मारिएका यी संदिग्ध आतङ्ककारीहरुको परिचय भने तत्काल नखुलेको बताइएको छ । गएको केही वर्षयता बङ्गलादेशमा इस्लामिक आतङ्ककारीहरुको झडप बढ्दै गएको पाइन्छ । 

Global Ime bank

सन् २०१६ को जुलाई महिनामा ढाकाको एक रेष्टुरेन्टमा भएको आतङ्ककारी आक्रमणमा १७ विदेशीसहित एक होटलमा रहेका २० पाहुना मारिएका थिए ।

त्यसैगरी सो आक्रमणपछि भएको सुरक्षा कारबाहीमा परी सो हमलामा संलग्न रहेको ठानिएका थप पाँच आतङ्ककारी मारिएका थिए । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC