site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ । ती रकेटमा भारत बाहेकका अरु विभिन्न छ वटा देशका भूउपग्रह पनि रहेका समाचारमा जनाइएको छ । 

यो अन्तरिक्षयान नक्साङ्कन र चित्राङ्कन गर्ने खालको हो । भारतीय सरकारको मातहतमा रहेको अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यरूपमा पृथ्वीको अवलोकन गर्ने बताइएका ती भू–उपग्रह संयुक्त राज्य अमेरिका, क्यानेडा, दक्षिण कोरिया, ब्रिटेन, फ्रान्स र फिन्ल्याण्डका पनि रहेका छन् । 

भू–उपग्रहलाई पृथ्वीको अवलोकनका अतिरिक्त सञ्चार सम्पर्कका लागि पनि तिनको प्रयोग गरिने प्राप्त समाचारमा जनाइएको छ । 

Global Ime bank

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस प्रक्षेपणको सफलता भारतका लागि एउटा गौरवपूर्ण उपलब्धि हो भनेका छन् ।  यसअघि पनि भारतले गत वर्षको फेब्रुअरी महिनामा पीएसएलवी–सी ३९ नामक मिसनको प्रक्षेपण विफल भएको थियो । 

यस पटकको यो सफालताबाट समग्र देशबाशीमानै खुसी थपेको प्रतिक्रिया भारतीय प्रधानमन्त्री मोदीले दिए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC