site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौँ । विश्वमा दिगो शान्तिको कामना गर्दै पुस २९ गते शनिबार बेलुकी ५ः०० बजे १९२ राष्ट्रमा सामूहिक भावातीत ध्यान तथा सिद्धि कार्यक्रम आयोजना गरिने भएको छ । 

ग्रीनवीच समयरेखालाई आधार मानेर प्रत्येक देशको समयअनुसार बेलुकी ५ः०० बजे पहिलोपटक विश्वव्यापीरुपमा सामूहिक ध्यान तथा सिद्धि कार्यक्रम आयोजना गर्न लागिएको हो । 

Agni Group

विश्व शान्ति विश्वव्यापी राष्ट्रका कार्यकारी प्रमुख डा बेभन मोरिसको प्रत्यक्ष निगरानीमा हुने यो कार्यक्रमबाट संसारको सामूहिक चेतना वृद्धि हुने विश्वास गरिएको छ । भावातीत ध्यान एवं वैदिक अभियानका विश्वव्यापी प्रचारक महर्षि महेश योगीको १०१औँ जन्म जयन्तीको अवसर पारेर यो कार्यक्रम गरिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिए । 

ऋग्वेदको १०औँ मण्डलबाट लिइएको भावातीत ध्यानका हाल विश्वभर एक करोडभन्दा बढी साधक छन् । नेपालमा लाखौँले यो ध्यानको अभ्यास गर्ने गरेको फाउन्डेसनले जनाएको छ । 

Global Ime bank

युरोप, अमेरिकाका ३३ देशका १५० वटा विश्वविद्यालयमा गरिएका ६०० भन्दाबढी वैज्ञानिक अनुसन्धानले व्यक्तित्व विकासका लागि गरिने साधनामध्ये भावातीत ध्यान सबैभन्दा उपयुक्त माध्यम हो भनी प्रमाणित गरेको ध्यान शिक्षक गोपालकुमार मैनालीले जानकारी दिए । 

नेपालमा विभिन्न जिल्लामा रहेका ७५ गुरुकूल, बनेपास्थित चेतना केन्द्र र सिफलमा रहेको फाउन्डेसनको केन्द्रीय कार्यालयमा ध्यान एवं सिद्धि कार्यक्रम गरिनेछ । भावातीत ध्यानीले आफ्नो अनुकूल स्थान, आश्रम वा घरमै बसेर पनि यो अभियानमा साथ दिनसक्ने उनले बताए। रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC