site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतका चार जना वरिष्ठ न्यायाधीशहरूले अकल्पनीय रुपमा पत्रकार सम्मेलन नै गरेर प्रधानन्यायाधीश दिपक मिश्रको आलोचना गर्दै असन्तुष्टि जनाएका हुन् । 

उनीहरूले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रधानन्यायाधीशका कारण विश्वकै सवैभन्दा पुरानो लोकतन्त्र नै धरापमा पर्न लागेको चेतावनी समेत दिएका छन् । 

उनीहरूले प्रधानन्यायाधीशलाई भित्री रुपमा पटक पटक असन्तुष्टि जनाउदै ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेकाले सार्वजनिक रुपमा असन्तुष्टि जनाउनु परेको स्पष्ट पारेका छन् । 

Agni Group

भारतको सवै भन्दा माथिल्लो अदालत अहिले गलत तरिकाले चलिरहेको र गलत कामहरु भइरहेको उनीहरुको भनाइ छ । 

तर के काम गलत भइरहेको हो भन्ने बारेमा भने उनीहरूले पत्रकार सम्मेलनमा विस्तृतमा बताउन चाहेनन् । 
उनीहरूले पत्रकारहरूका लागि सार्वजनिक गरेको एक पत्रमा इजलास छनौट गर्दा नियमसँग र पारदर्शी नभएको बताएका छन् । प्रधानन्यायाधीशले स्वेच्छाचारिता अपनाएको टिप्पणी पनि उनीहरुले गरेका छन् । 

Global Ime bank

“न्यायिक प्रशासन कानुन अनुसार चलेको छैन, केही महिना देखि गलत तरिकाले कामहरू भइरहेका छन्,” सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश जस्तो चेलामेश्वरले पत्रकारहरुसँग भने । 

उनले थपे, “स्वतन्त्र न्यायापालिका रहन सकेन भने लोकतन्त्र पनि जिवित रहन सक्दैन । अहिले अदालतमा भइरहेका कामले आशंका जन्माएको छ ।” 

भारतको सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरूले पत्रकार सम्मेलन गरेको यो पहिलो घटना भएको बताइएको छ । 

पत्रकार सम्मेलनमा न्यायाधीश चेलमेश्वर सहित रंजन गोगोई, मदन लोकुर र कुरियन जोसेफ सहभागी थिए । 

उनीहरूले प्रधानन्यायाधीशलाई सम्बोधन गरी लेखेको एक पत्र पनि सार्वजनिक गरेका छन् । प्रधानन्यायाधीशले राष्ट्रलाई दूरगामी असर पुर्याउन सक्ने मुद्दाहरू तोकेको तथा अदालतले कुनै पनि औचित्यविना इजलासहरू छानेको आरोप उनीहरूको दावी छ । साथै अदालतले पारित गरेका ‘केही न्यायिक आदेशहरू’ प्रति पनि उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC