site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० सिमसार क्षेत्रमा विश्वबाट लोपोन्मुख दुई प्रजातिका तीन प्रकारका चरा देखा परेका छन् । 

टाइगर टप्स नेपालले गरेको चरा पक्षी गणनानुसार नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेको गरुड प्रजातिको भुँडीफोर, लोभीपापी गरुड र हाँस प्रजातिको कैलो टाउके हाँस देखापरेका हुन् । 

सरकार आफैँले आफ्नो देशमा रहेका पक्षीको यथार्थ तथ्यांक राख्न नसकिरहेका अवस्थामा सन् १९८७ देखि निरन्तर टाइगर टप्स नेपालले प्रत्येक वर्ष जनवरीमा चरा गणना गर्दै आइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नारायणी नदी र आसपासका सिमसार क्षेत्रमा गरिएको चरा गणनामा विश्वबाट नै लोप हुन लागेका ती प्रजातिका लोपोन्मुख चरा देखिएको पश्चिम क्षेत्र चरा गणनाका संयोजक पक्षीविद् डिबी चौधरीले जानकारी दिए । 

जाडो छल्न विभिन्न देशबाट यस क्षेत्रमा पक्षी आउने भएकाले हरेक जनवरीमा पक्षी गणना गरिन्छ । यस वर्ष नारायणी आसपासमा ३९ प्रजातिका ४५ प्रकारका सबै प्रकारका पक्षी देखापरेका छन् । गणनाका क्रममा सबैभन्दा बढी चखेवा भेटिएको थियो । 

Global Ime bank

अघिल्लो वर्ष नेपालमा नआएका सात प्रकारका विदेशी चरासमेत यस वर्ष जाडो छल्न नेपाल आएको पाइएको छ । नवलपरासीको गैँडाकोट सिख्रौलदेखि त्रिवेणीसम्म चरा गणना गरिएको थियो । प्राविधिक टोलीद्वारा गरिएको चरा गणनानुसार अघिल्लो वर्षभन्दा यस वर्ष पूर्व नवलपरासीको नारायणी नदी र सिमसार क्षेत्रमा जलचर पक्षीको संख्या बढेको छ । 
गैँडाकोट महोत्सव 

‘आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव’ भन्ने मूल नाराका साथ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट महोत्सव शुरु भएको छ । 

गैँडाकोट महोत्सवको बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभएको थियो । गैँडाकोट उद्योग वाणिज्य संघको मुख्य आयोजनामा नारायणी नदी किनारमा जारी महोत्सव १० दिनसम्म चल्ने छ । 

महोत्सवमा कृषि, व्यापार, पर्यटन, सूचना प्रविधि, अटोमेकानिकलगायत कूल ३२० व्यावसायिक कक्ष छन् जसमध्ये ४० प्रवद्र्धनात्मक कक्ष छन् । 

महोत्सव आगामी माघ ८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय उत्पादनसहित सीमान्तकृत वर्गका उत्पादन, अपांगतायुक्त व्यक्तिका उत्पादन, एकल महिला पैरवी मञ्चका उत्पादन र विभिन्न जातजातिका मौलिकता झल्कने घरसमेत आकर्षणका रुपमा राखिएको आयोजक गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए। रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC