काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआईसी एशिया ग्रोथ फण्ड माघ २ गतेदेखि बिक्री खुला हुँदैछ ।
औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्डप्रति आर्कषण बढदै गहिरहेको छ ।
उक्त म्यूचुअल फण्डले औषत बार्षिक रुपमा न्यूनतम १६ प्रतिशत सम्म नगद लाभाँश दिने अपेक्षा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए ।
साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको छ ।
लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको छ । साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण गर्नेछ ।
एनआईसी एशिया क्यापिटल लि.ले यो योजनाका इकाईहरु यही माघ २ गते, मंगलबारदेखि बिक्री खुला गर्दैछ ।
उक्त फण्डको आकार १ अर्ब रुपैयाँको रहेको छ । जसमध्ये सो को १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ ।
बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिनेछ । यो योजन छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्मा निष्काशन तथा बिक्री खुला हुनेछ ।
यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्तिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाई सम्म खरिद गर्नका लागि आवेदन गर्न सकिनेछन् ।
उक्त इकाईहरु नेपाल स्टक एकस्चेन्ज लि.मा सूचीकरण गराई धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्ने व्यवस्था मिलाईने कुरा प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलज्यूले बताए ।