site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement

धनगढी । मनाङ मर्स्याङ्दी क्लब धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटरफाईनलमा अग्नि रुपन्देही ११ लाई ४ – ० ले पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो ।

मनाङलाई सेमिफाइनलमा पुर्याउन भिक्टर, बिशाल राई र बिमल रानाले समान एक एक गोल गरे । मनाङले एक गोल आत्मघाती उपहार पाएको थियो । रुपन्देहीका छिरिङ गुरुङले आत्मघाती गोल गरेका थिए । अब मनाङले फाइनल प्रवेशको लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी थ्री स्टारलाई हराउदै सेमिफाइनलमा पुगिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

धनगढी रंगशालामा भएको खेलमा विदेशी खेलाडी भिक्टरले १९ औं मिनेटमा गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको मनाङले दोस्रो हाफमा आत्मघाती गोलबाट अग्रता दोब्बर बनायो । खेलको ५५ औं मिनेटमा छिरिङले आत्मघाती गोल गरेपछि मनाङ २ – ० ले अघि रह्यो । खेलको ८३ औं मिनेटमा बिशालले गोल गर्दै मनाङको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा बिमलले गोल गर्दै मनाङलाई ४ – ० को सहज जित दिलाए ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११, उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडील समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC