site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फिर्ता भए माओवादी मन्त्री, प्रधानमन्त्रीलाई बुझाइयो औपचारिक पत्र 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । 

विना विभागीय मन्त्री भएको ३ महिनापछि माओवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।  माओवादीका तर्फबाट मन्त्रीहरु फिर्ता भएको पत्र प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ बुझाएका छन् ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार माओवादीका तर्फबाट सरकारमा सहभागी भएका बिनाविभागीय मन्त्रीले शुक्रबार पत्र बुझाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसको नेतृत्वमा सत्ता साझेदार बनेर सरकारमा गएको मााओवादीले २०७४ असोज १७ गते एमालेसँग मिलेर अर्को गठबन्धन बनाएको थियो । सोही निर्णयअनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर बिनाविभागीय बनाएका थिए ।

आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादीले पछि निर्वाचन नभएसम्म सरकारमै रहने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले असोज ३१ गते ९ मन्त्री र ७ राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए ।

Global Ime bank

पार्टीको निर्णयअनुसार सरकारबाट फिर्ता हुने अध्यक्ष पुष्पकमल दाहालको पत्रसहित विनाविभागीय मन्त्री गिरिराजमणि पोख्रेलले शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेका थिए ।

उनले दाहालको पत्र पनि बुझाएका थिए । सरकारबाट फिर्ता हुनेबारे अध्यक्ष दाहालको पत्रमा ताजा जनादेशअनुसार सरकारबाट काम नभएकोमा असन्तुष्टि पनि जनाईएको छ ।

पोख्रेलले आफुले विनाविभागीय भएको अवधिको तलब सुविधा नलिने बताए । उनले सबैलाई सो अवधिको तलब सुविधा नलिने भन्ने बारेमा पनि छलफल भईरहेको जानकारी दिए ।

राप्रपा अध्यक्ष कमल थापासहित आठजना मन्त्रीलाई नयाँ जिम्मेवारी दिएर प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विनाविभागीय बनाएका थिए । माओवादी केन्द्रले उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरीराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साहलाई मन्त्री र राज्यमन्त्रीमा मोहमद जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पालाई सरकारमा पठाएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC