site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सीका प्रशिक्षक कोन्टेले क्लब छाड्ने, एलेग्री र इन्रिके चेल्सीको नजरमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाड्ने भएका छन्  । कोन्टेले यो सिजनको अन्यमा क्लब छाड्ने भएको बेलायती मिडिया डेलीमेलले जनाएको छ ।

गत बर्ष चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका कोन्टेको क्लबसँगको सम्झौता अर्को बर्षसम्म रहेको छ । तर, कोन्टेले सम्झौता सकिनु अघि नै क्लब छाड्ने निर्णय गरिसकेको डेलिमेलले समचार लेखेको छ । चेल्सी छाडेपछि कोन्टे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने सम्भावना रहेको बताइएको छ । त्यस्तै जिनेदान जिदानलाई रियलले बर्खास्त गरेमा उनी स्पेनिस क्लब रियल मड्रिड जाने सम्भावना समेत रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, चेल्सीले कोन्टेको स्थानमा मासिमिलियानो एलेग्री र लुइस इन्रिके मध्ये एकलाई प्रशिक्षकको जिम्मेवारी दिने तयारी समेत गरेको डेलिमेलले जनाएको छ । एलेग्री हाल इटालियन क्लब युभेन्टसका प्रशिक्षक छन् भने इन्रिके स्पेनिस क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक हुन् । 

इटालियन प्रशिक्षक कोन्टे सन् २०१६ मा इन्ग्लिश क्लब चेल्सी आएका थिए । पुर्व इटालियन प्रशिक्षक तथा पुर्व खेलाडी समेत रहेका ४८ बर्षिय कोन्टेले चेल्सीलाई गत सिजन प्रिमियर लिगको उपाधि दिलाएका थिए । तर, कोन्टेको टोलि चेल्सी एफए कपको फाइनलमा भने आर्सनलसँग पराजित हुँदा दुई उपाधि जित्नबाट बन्चित भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC