site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बन्द भएका उद्योग केही महिनाभित्रै खुल्छन् : उद्योगमन्त्री जोशी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उद्योगमन्त्री नविन्द्रराज जोशीले सरकारले बन्द भएका उद्योगहरु खोल्ने गृहकार्य थालेको बताएका छन् । प्रजातान्त्रिक बिचार समाजले बिहीबार राजधानीमा गरेको एक कार्यक्रममा मन्त्री जोशीले केही महिना भित्रै बन्द भएका उद्योगहरु खोल्ने गरी काम सुरु गरेको बताएका हुन् । 
कांग्रेसको शिर उँचो हुने गरी काम गर्ने बताउँदै मन्त्री जोशीले आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रष्ट पारे । उनले भने, “कुनै कर्मचारीले भ्रष्टाचार गरेको थाहा पाएँ भने तुरुन्त बर्खास्त गर्छु ।”
कार्यक्रममा शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले आफु शहरी विकास मन्त्री भए पनि आफुले गर्नुपर्ने काम अन्य मन्त्रालयमा परेकोले काम गर्न गाह्रो भएको गुनासो गरे । मन्त्री केसीले ढल, खानेपानी, विद्युत, सडकलगायतका क्षेत्रमा हुनुपर्ने कामहरु शहरी विकास मन्त्रालयले गर्नुपर्ने हो तर यी कामहरु अन्य मन्त्रालयमा परेकोले काम गर्न चुनौति भएको बताएका हुन् । 
मन्त्री केसीले संविधान निर्माण पछि अघिल्लो सरकारले तराई र पहाडबिच भावनात्मक दूरी बढाएको आरोप लगाउँदै उनले अबको सरकारले मधेसी र पहाडी समूदायबिचको भावनात्मक दूरी जोड्ने दाबी गरे । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७३  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC