ad

खेल

सान्चेजले आर्सनल छाड्न सक्ने 

सान्चेजले आर्सनल छाड्न सक्ने 

एजेन्सी । इंग्लिश प्रिमियर लिग क्लब आर्सनलका फरवार्ड एलेक्सिस सान्चेजले क्लब छाड्ने मनसाय बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । आफ्नो लागि उपयुक्त प्रस्ताव र क्लबमा स्थान पक्का भए सान्चेजले यसै जनवरीमा आर्सनल छाड्ने मनसाय बनाएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सान्चेजको अबको गन्तब भनेको म्यानचेस्टर सिटी रहेको छ । सान्चेज भित्र्याउन पुर्व क्लब सिटी पनि इच्छुक रहेको रहेको छ । सिटी र सान्चेजको क्लब सरुवाबारे छलफल भईरहेको समेत बताइएको छ ।

यस्तै म्यानचेस्टर सिटीले समेत  उनलाई २५ मिलियन पाउण्डको अफर गरेको समाचारमा उल्लेख छ । तर, आर्सनल भने उनको स्थानमा अन्य खेलाडी क्लबमा भित्राएर मात्र सान्चेजलाई बेच्न चाहन्छ । सान्चेजले क्लब छाड्ने मनसाय गरेपछि आर्सनलले बोर्डूअक्सका २० बर्षीय फरवार्ड मालकोमलाई अनुबन्धनको तयारी गरिरहेको छ । यो सिजन आर्सनल मोनाकोका मिडफिल्डर थोमस लेमर भित्राउन भने असफल भएका छन् ।

चिलीका २९ बर्षे सान्चेजले प्रिमियर लिगमा यो सिजनको २१ खेलमा ८ गोल गरिसकेका छन् । सान्चेज सन् २०१४ मा बार्सिलोनाबाट आर्सनल आएका थिए ।
 

तपाईंको मत