साहित्य
काठमाडौं । बलिउड फिल्म इण्डस्ट्रिबाट हलिउड यात्रामा रहेकी अभिनेत्री प्रियंका चोपड़ा लस एञ्जलसमा व्यस्त छिन् । प्रियंकाले एक पटक फेरि आफ्नो बलिउड सिरीज ‘क्वांटिको’ को शूटिङ सुरू गरेकी छिन् ।
उनले यस पटक ‘क्वांटिको–३’ को शूटिङ सुरु गरेकी हुन् । यसअघि ‘क्वांटिको’ का दुई भाग बनिसकेका छन् । ‘क्वांटिको’ सिरीजमा प्रियंका चोपडाको लूक आकर्षक देखिएको छ ।
यसअघि प्रियंकाले चाँडै बलिउड फिल्महरुमा कमब्याक हुने बताएकी थिइन् । उनका अनुसार त्यसका लागि बलिउडका कयौं नाम चलेका निर्देशकहरुसँग कुराकानी चलिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४ ०२:४२
प्रतिक्रिया दिनुहोस्