Skip Advt.

भारतका यी प्रधानमन्त्रीमाथि बन्दैछ फिल्म

भारतका यी प्रधानमन्त्रीमाथि बन्दैछ फिल्म

काठमाडौं । भारतलाई महापुरुषहरुको देश भनिन्छ । बलिउडमा पनि ती महापुरुषहरुमा आधारित रहेर अनेकौं फिल्महरु बनेका छन् । केही फिल्महरुमा ती महापुरुषहरुको जीवनको संघर्ष देखाइएको छ भने उनीहरुका नसुनिएका ‘किस्सा’हरु दर्शकसामु ल्याउने प्रयास गरिएको छ । 

यसैबीच फिल्म निर्माता विवेक अग्निहोत्रीपनि यस्तै एक जना महापुरुषको कथा बुनिएको फिल्म ल्याएर आउन लागेका छन् । उनले लालबहादुर शास्त्रीको रहस्यमयी मृत्युमाथि फिल्म बनाउने घोषणा गरेका छन् । यो फिल्मका लागि निर्देशकले दुई जना अनुभवी अभिनेता नसीरुद्दीन शाह र मिथुन चक्रवर्तीको चयन गरिसकेका छन् । 

भारतका पूर्वप्रधानमन्त्री शास्त्रीमाथि बनाइन लागेको यो फिल्मको कथा ‘इन्भेस्टिगेटिभ थ्रिलर’ हुने भएको छ । विवेकले लालबहादुर शास्त्रीमाथि बनाइने यो फिल्म सबैभन्दा बढी शोध गरिएका फिल्म मध्ये एक हुने बताएका छन् । यस फिल्मका लागि पात्रहरुको नाम घोषणा भने गरिएको छैन् । 

प्रतिकृया दिनुहोस