Skip Advt.

गल्फमा मध्यमाञ्चललाई स्वर्ण

गल्फमा मध्यमाञ्चललाई स्वर्ण

काठमाडौं ।  राखेप च्याम्पियनसिप अन्तर्गत एनएसी ओपन गल्फ च्याम्पियनसिपको टिम इभेन्ट्समा मध्यमाञ्चलले स्वर्ण पदक जितेको छ ।  टंक बहादुर कार्की,सुबाष घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले निर्भाना कन्ट्री क्लबलाई १२ स्ट्रोकले हराउदै स्वर्ण पदक जितेको हो ।

रोयल नेपाल गल्फ क्लबमा मध्यमाञ्चलले १० ओभर २८२ अंक जोड्दै स्वर्ण जितेको हो ।  २९४ अंक सहित युवराज भुजेल,शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबले रजत पदक प्राप्त गर्यो । बिनोद तामाङ,भरत बास्ताकोटी र नवराज चौलागाईको रोयल नेपाल गल्फ क्लबको टिमले ३०४ अंक सहित कास्य पदक हात पार्यो ।

एकल तर्फ टंकबहादुर कार्की दोस्रो दिन २ अन्डर ६६ स्कोरका साथ सुबाष घिसिङलाई ८ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहेका छन । ३६ होलको समाप्तीमा समग्रमा टंकले १ ओभर १३७ स्कोर जोडी ८ स्ट्रोकको फराकिलो अग्रता बनाएका हुन । समग्रमा ९ ओभर १४५ अंकका साथ सुबाष घिसिङ र पहिलो दिनका संयुक्त लिडर शुक्रबाहादुर राई संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन । १४९ अंकका साथ सुन्दर राई चौथो,१५० अंक जोडी बिपिन तमाङ पाँचौ स्थानमा छन् ।

प्रतिकृया दिनुहोस