Skip Advt.

हङकङमा प्रिमियर हुँदै ‘मिस्टर झोले’

हङकङमा प्रिमियर हुँदै ‘मिस्टर झोले’

काठमाडौं । पुस २८ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’ आउँदो आइतबार हङकङमा प्रिमियर हुने भएको छ । 

मृगौला रोगबाट पीडित दिलुमाया गुरुङको सहयोगार्थ हुने शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबू गुरुङ सहभागी हुनेछन् । 

‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा शो आयोजना गर्न लागेका हुन् । 

रामबाबू गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ र दीयासँगै बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

प्रतिकृया दिनुहोस