site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनुपमको ‘मध्यान्तर’ बजारमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जैविक स्वतन्त्रता र यौन मनोविज्ञानमा आधारित विषयवस्तुमा आफ्ना सशक्त अभिव्यक्ति दिँदै आएकी आख्यानकार अनुपम रोशीको चौथो कृति ‘मध्यान्तर‘  बजारमा आएको छ । राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कथाकार माया ठकुरी, लेखक एवम् समीक्षक युग पाठक, डा. रजनी ढकाल, केशव सिग्देल  र लेखक अनुपम रोशीले पुस्तकको संयुक्त रुपमा विमोचन गरे । 

पुस्तकमाथि टिप्पणी गर्दै कथाकार ठकुरीले अनुपमको कथा लेख्ने शैैली र भाषा निकै गजब रहेको बताइन् । समीक्षक पाठकले अनुपम रोशीका कथाहरु परम्पराभन्दा भिन्न र शक्तिशाली रहेको विचार व्यक्त गरे ।

रजनी ढकाल र केशव सिग्देलले पनि रोशीको कथा शिल्प, विषय उठान र भाषाको प्रसंशा गरे । यसअघि लेखक अनुपम रोशीका कुमारी आमा, नाङ्गो मान्छे र कालो छाया गरी तीन उपन्यास प्रकाशित छन् । पुस्तक बीएन पुस्तक संसारले बजारमा ल्याएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC