site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
जो दुवै हातले बलिङ गर्छन्
Sarbottam CementSarbottam Cement

एजेन्सी । प्रत्येक क्रिकेट टोलीले आफ्नो टिममा अलराउण्डर प्रदर्शन गर्ने धेरै खेलाडी चाहेका हुन्छन् । जुन खेलाडीले बलिङ र  ब्याटिङ दुवैमा उत्कृष्ट खेल्न सकुन् । तर, हरेक टोलीमा अलराउण्डर प्रदर्शन गर्ने खेलाडीहरु कमै हुन्छन् ।

विश्व क्रिकेटमा अलराउण्ड प्रदर्शन गर्ने खेलाडीले बलिङ र ब्याटिङ उत्कृष्ट गर्ने गरेको इतिहास छ । तर, पछिल्लो समय क्रिकेट जगतमा एक श्रीलंकन युवा खेलाडी देखिएका छन् । जसले सबैको ध्यान तानेको छ ।

उनी अन्य क्रिकेटरभन्दा केही फरक छन् । ती खेलाडी हुन, श्रीलंका यु – १९ क्रिकेट टोलीका कप्तान कामिन्डु मेन्डिस ।

Prabhu Bank
Agni Group
NIC Asia

न्युजिल्यान्डमा शनिबारबाट सुरु हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटअघि मेन्डिस चर्चामा छन् । कारण, मेन्डिसको असामान्य बलिङ । क्रिकेटमा उनी बलिङ र ब्याटिङ मात्र गर्दैनन्  । मेन्डिस यस्ता खेलाडी हुन्, जसले दुवै हातले उस्तै एक्सनमा बलिङ गर्न सक्छन् ।  जुन विश्व क्रिकेटमा कमै देखिन्छन् ।

त्यतिमात्र हैन, मध्यक्रममा ब्याटिङ गरेर टोलीलाई जितको बाटो देखाउन सक्षम छन् मेन्डिस । त्यसैले यु–१९ विश्वकपअघि मेन्डिसलाई फ्युचर स्टारको रुपमा हेरिएको छ । विश्वकप अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले मेन्डिसलाई भविष्यको स्टार उल्लेख अभूतपूर्व खेलाडी भनेको छ ।

Global Ime bank

न्युजिल्यान्ड विश्वकपमा श्रीलंकाको कप्तानी सम्हाल्ने मेन्डिस स्पिनर हुन् । उनी मैदानमा राइट आर्म अफब्रेक र स्लो लेफ्ट आर्म अर्थोडक्स स्टाइलमा बलिङ गर्न सक्छन् । आफ्नो टोलीको आवश्यकता अनुसार बलिङ गर्दै मेन्डिसले क्रिजमा रहेका ब्याट्सम्यानलाई काबुमा राख्न सक्छन् ।

क्रिकेट खेलको सुरुवातबाटै दुवै हातले बलिङ गरेको कारण नै मेन्डिस युवा अवस्थामै चर्चाका पात्र बने । जब क्रिजमा फरक दुई ९दायाँ–बायाँ ० हाते ब्याट्सम्यान हुन्छन् तब, मेन्डिस दुवै ब्याट्सम्यानलाई फरक फरक तरिकाले बलिङ गर्दै रन बनाउनबाट रोक्न सक्छन् ।

आफ्नो फरक बलिङबारे मेन्डिसले आइसीसी मिडियामा भनेका छन्, “जब म क्रिकेट सिक्न थालें, मैले प्रशिक्षकसँग अभ्यास गर्दा दुवै हातले बलिङ गर्ने गर्थें । त्यसैले अहिले म दुवै हातले बलिङ गर्न सक्छु ।  तर, यो खेल र ब्याट्सम्यानको अवस्थामा निर्भर हुन्छ ।”

मेन्डिसको बलिङ देखेर अम्पायरहरु पनि कहिलेकाहीँ चकित हुन्छन् । उनले धेरै पटक यस्तो घटनाको सामना गरेका छन् । मेन्डिस भन्छन्, “जब म अम्पायरलाई बलिङ परिवर्तनबारे भन्छु, कहिलेकाहीँ उनीहरुले ‘तिमी के गर्न लागिरहेको छौ’ जस्तो गरी मलाई हेर्ने गर्छन् ।”

गाले क्रिकेट क्लबका युवा खेलाडी मेन्डिस प्राकृतिक रुपमा लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन् । उनले यु १९ एकदिवसीय क्रिकेटमा ४ अर्धशतक बनाइसकेका छन् । मेन्डिसले आफ्नो करियरमा पाकिस्तानबिरुद्ध सर्वा्धिक ६८ रन जोडेका छन् । न्युजिल्यान्ड विश्वकपमा पाकिस्तान श्रीलंका रहेकै समूहमा छ ।

सन् १९९८ मा जन्मिएका मेन्डिसले ए लिष्टको क्रिकेट सन् २०१५ मै खेलिसकेका छन् । मेन्डिस यु १९ क्रिकेटमा श्रीलंकाका सर्वाधिक क्याप खेल्ने खेलाडी समेत हुन् । मेन्डिसले दुई पटक यु – १९ विश्वकप खेलिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४  ००:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC