site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. गोविन्द केसी साधारण तारेखमा रिहा, प्रधान न्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि प्रहरी हिरासतमा रहेका केसी मुक्त भएका छन् । उनी त्रिवि शिक्षण अस्पताल पुगेर सत्याग्रहमै बसेका छन् । उनले आफ्नो सत्याग्रहका बारेमा बिहीबार छलफल गरेर निर्णय गर्ने बताए ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनलाई हिरासतमा लिइएको थियो । सर्वोच्च अदालतले बुधबार उनलाई साधारण तारेखमा रिहा हुने आदेश जारी गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको इजलाशले केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

“यसमा विपक्षीले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विभिन्न कुराहरु लेख्नु भएतापनि अदालतमा बयान गर्दा न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन, स्वच्छ आलोचना मात्र गरी अदालत लगायत समाजलाई घच्घच्याएको हुँ, भनी बयान गर्नु भएको देखिन्छ । साथै विपक्षीको स्वास्थ्य अवस्थासमेतलाई विचार गर्दा प्रस्तुत मुद्दामा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विपक्षी डा. गोविन्द केसीलाई मुलुकी ऐन बमोजिम तारेखमा राखी निजको तर्फबाट बहसमा उपस्थित विद्धान वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाँकी कारवाही गर्नु,” फैसलामा भनिएको छ ।

Global Ime bank

फैसलामा प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु समेत झिकाउन आदेश भएको छ ।

अदालतको आदेशपछि डा. केसीले फागुन ८ गतेको तारेख बुझेर रिहा भएका छन् । उनी सर्वोच्च अदालतबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्चको आदेश स्वागतयोग्य भएको बताए ।

उनले अदालतको फैसलालाई सकारात्मक भएको बताउँदै यो भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिँदै अदालतको आदेशपछि अब के गर्ने भन्ने विषयमा भोलिसम्ममा निर्णय लिने बताए । “जुन आदेश भयो यसलाई सकारात्मक रुपमा लिएको छु,” डा. केसीले भने, “केही कुरा अझै बाँकी नै छ ।  तर पनि आगामी कदम के हुन्छ भन्ने भोलिसम्ममा निर्णय लिनेछु ।”

तस्बिर सरिता खड्का 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  १९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC