site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 देशभरका विवेकशील नागरिकलाई एक ठाउँमा ल्याउँदैछौं : थापा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक उज्जवल थापाले चुनावमा पराजित भए पनि आफूहरु सधैं जनताको सेवामा लागिरहने बताएका छन् । भर्खरै सम्पन्न चुनावमा संगठनबिना नै नेपाली जनताले आफूहरुलाई छैटैं ठूलो दल बनाएको उनले बताए । 

उनले बाह्रखरीसँग भने, ''२ लाख १२ हजार जनाले हामीलाई छैटौं ठूलो दल बनाएका छन् । उहाँहरुको मन जित्न हामी भष्ट्राचारविरुद्ध जहिल्यै लागिरहन्छौं । हामी लुटतन्त्रको विरुद्ध, विधिको शासन, न्यायले जित्ने शासनको लागि जहिले लडिरहन्छौं ।'' 

Prabhu Bank
Agni Group
NIC Asia

विवेकशील साझा पार्टी चुनावपछि संगठन विस्तारमा लागेको जानकारी उनले दिए । ''चुनावपछि हामी देशभरका विवेकशील नागरिकहरुलाई एक ठाउँमा ल्याउने तयारीमा छौं । हाम्रो संगठन नहुँदा प्रतिनिधिसभा सदस्यको लागि एउटा पनि सिट जित्न सकेनौं, अब अर्को चुनावमा संगठनसहित भाग लिन्छौं,'' उनले भने ।

उनले मुलुकमा स्थिरता नरहेको जिकिर समेत गरे । ''देशमा स्थिर सरकारको नाममा अहिले पनि स्थीरता छैन । लोकतन्त्रको नाममा लुटतन्त्र भइरहेको छ । यस पटकको चुनावमा पनि आम नेपाली नागरिकलाई झुक्याइयो,'' उनले भने ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC