site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
युट्युबमा भिडन्त हरिवंश र अनमोल केसीको
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही दिनअगाडि संगीतकार अर्जुन कुमारले भनेका थिए, अहिलेका चलचित्रका गीत आहा ! भन्ने खालका छैनन् । पुराना चलचित्रमा कालजयी गीत हुन्थे तर अहिले त्यस्ता खालका गीत आउनै छाडे ।

अजुर्नकुमारले यसो भनिरहँदा अहिले चलचित्रको पहिलो प्रचार सामग्री नै गीतलाई बनाउन थालिएको छ । टिजर, ट्रेलर भन्दा पनि अहिले गीत सुरुमा बजारमा पठाउन थालिएको छ । केही वर्ष अगाडिसम्म आइटम डान्सलाई चलचित्रको प्रचारको सामग्रीका रुपमा लिइन्थ्यो । तर, अहिले गीतको शैलीमा केही फरक छ । आइटम गीतको ठाउँमा नेपाली लोक लयको गीत प्रयोग गर्न थालिएको छ । 

यो प्रयोग नेपाली चलचि    त्र उद्योगका प्रायः चलचित्रले गर्न थालेका छन् । पछिल्लो समय दीपकराज गिरी र दीपाश्री निरौलादेखि महसञ्चारले सम्म यही प्रयोग गर्न थालेका छन् । नायक तथा निर्माता भुवन केसी पनि यो नयाँ प्रयोगबाट अछुतो छैनन् । अनमोल केसी स्टारर चलचित्रले पनि यही सूत्रलाई अंगालेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रको डिजिटल राइट्स लिएर युट्युबमा गीत अपलोड गर्ने र त्यसको भ्युअर्सका आधारमा चलचित्रको हाइप मापन गर्ने प्रचलन मौलाएको छ । तर यही सूत्र प्रयोग गरिएका र गीत हिट भएका चलचित्रले भने दर्शकको मन त्यति धेरै जित्न सकेका छैनन् भन्दा अत्युक्ति हुँदैन । 

रेशम फिलिलि होस् अथवा ‘पुरानो डुङ्गा’, ‘लुट–२’ होस् या ‘२ रुपैयाँ’ कुनैले पनि राम्रो समीक्षा बटुल्न सकेनन् । भलै निर्माताहरुका अनुसार यी चलचित्रले एनिसियल ब्यापार भने राम्रै गरेका थिए । 

Global Ime bank

अहिले नेपाली चलचित्रका दुई गीत बजारमा चर्चामा छन्, एउटा अनमोल केसी स्टारर चलचित्र ‘कृ’ को ‘यती यती पानी...’ र अर्को हरिवंश आचार्यसहित दीपक र दीपाले अभिनय गरेको चलचित्र ‘शत्रुगते’ को ‘रुपै मोहनी...’ । 

अंग्रेजी नयाँ वर्षको छेको पारेर युट्युबमा अपलोड गरिएका दुवै गीतले राम्रै दर्शक पनि पाए । युट्युब ट्रेन्डिङमा यी गीतले तँछाडमछाड गरिरहेका छन् । २४ घण्टामा सर्वाधिक धेरै छिटो हेरिएको रेकर्ड तोेडेको हरिवंशको ‘रुपै मोहनी...’ युट्युबमा ट्रेन्डिङमा एक नम्बरमा पनि आयो । 

तर यसलाई उछिन्दै अनमोल केसीको ‘यती यती पानी...’ एक नम्बरमा आइपुगेको छ । यो डिजिटल प्रतिस्पर्धा हेर्दा हरिवंश र अनमोल केसीबीचको भिडन्त जस्तो देखिएको छ । 

युट्युब भ्युअर्स पनि यी दुई गीतको त्यति धेरै अन्तर छैन । सोमबार अपरान्हसम्म ‘यती यती पानी...’ २८ लाख ७० हजारले हेरेका छन् भने ‘रुपै मोहनी...’ २८ लाख ८९ हजारले हेरेका छन् ।  

‘रुपै मोहनी...’ डिसेम्बर २९ मा अपलोड गरिएको हो भने  ‘यती यती पानी...’ डिसेम्बर ३१ मा सार्वजनिक गरिएको थियो । 

यी दुई चलचित्रको गीत सँगसँगै रिलिज गरिए पनि चलचित्र भने सँगै रिलिज हुँदै छैनन् । ‘शत्रुगते’ चैत ९ गते लाग्दैछ भने ‘कृ’ माघ २६ गते रिलिज हुँदैछ । 

अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको ‘कृ’ को गीतमा शब्द तथा संगीत राजेन्द्र भट्टको छ । भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राईले गरेकी छन् । 
चलचित्रमा अनमोलसँग अदिती बुढाथोकीले अनस्क्रिन रोमान्स गर्दैछिन् । अनमोल र अदितीसँगै अनुप विक्रम शाही लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

‘शत्रुगते’ को ‘रुपै मोहनी...’ मा गीतमा टंक बुढाथोकी र मीना निरौलाको स्वर छ । लोकराज अधिकारीको शब्द रहेको गीतमा संगीत पनि टंक बुढाथोकीले नै भरेका छन् । 
हरिवंश आचार्य, दिपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरी पौडेल लगायतका कलाकार गीतमा फिचर छन् । 

‘शत्रुगते’ लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् भने ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २५, २०७४  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC