site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कसरी सार्वजनिक भयो सामसङ ग्यालेक्सी एस ९ को तस्बिर 
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्यामसङ ग्यालेक्सी एस ८ र एस ८ प्लस २०१७ का अत्यन्तै चर्चित फोनहरु हुन् । त्यसकारण पनि धेरै मानिसहरु आगामी महिना प्रदर्शन गरिने भनिएको यसको नयाँ भर्जनका लागि उत्सुक रहँदै आएका छन् । यसैबेला लन्च अघि नै सामसङको यो नयाँ मोडल लिक भएपछि सबैतिरबाट यसबारे भिन्दाभिन्दै प्रतिक्रिया आइरहेको छ ।

चिनियाँ सामाजिक सञ्जाल वइबोका एक प्रयोगकर्ताले नयाँ सामसङ ग्यालेक्सी एस ९ र एस ९ प्लस का थुप्रै तस्बिरहरु पोस्ट गरेको फोर्ब्सले जानकारी दिएको छ । अब आउने फेब्रुअरी महिनामा मात्र लन्च गरिने तय भएको सामसङ ग्यालेक्सीको नयाँ भर्जन एस ९ लाई अन गरिएको अवस्थामा नौवटा तस्बिर लिक भएका हुन् । 

Agni Group

त्यसकारण लिक भएका सो तस्बिरका आधारमा एस ९ का धेरै बाहिरी फिचरहरु एस ८ सँगै मिल्दोजुल्दो भएको बताइएको छ । स्क्रीन र सेन्सर ग्यालेक्सी एस ८ को जस्तै भएको बताइएको छ । ग्यालेक्सी एस ९ प्लस एस ९ बाट ठूलो स्क्रीनका कारणले मात्र नछुट्टिएर त्यसको डुअल लेन्स रियर क्यामरा र रयामले पनि भिन्दै रहेको बताइएको छ । यसका साथै फिङ्गरप्रिन्ट स्क्यानरलाई पनि बीचमा राखिएको देख्न सकिन्छ ।

लिक भएका सो तस्बिरहरुमा एस ९ चलाइएको भने देखिएको छैन । अब चाँडै नै लन्च हुन लागेको ग्यालेक्सी एस ९ को प्रदर्शन भने निकै प्रभावकारी हुने र सबै प्रयोगकर्ताहरु सन्तुष्ट हुने सामसङले दाबी गर्दै आइरहेको छ । तर पनि बाहिरी विशेषताहरु एस् ८ सँग धेरै समान देखिएपछि कतिपय मानिसहरु निरुत्साहित भएको फोब्र्सले जानकारी गराएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २५, २०७४  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC