site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
केपी ओली असल मित्र हुन्, पूर्वाग्रही हुँदैनौं 
Ghorahi CementGhorahi Cement

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको डेढमहिनासम्म पनि निर्वाचन परिणाम सार्वजनिक भएको छैन । निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म परिणाम बुझाउन नसक्ने बताउँदै आएको छ ।

तर नयाँ सरकार गठन प्रक्रिया र सरकारमा सहभागीताका विषयमा भने विभिन्न टिकाटिप्पणी जारी छन् । एमाले र माओवादीबीच हुने एकतापछि दुई पार्टीको सरकार, माओवादीसँग एकता नभए एमाले र मधेसी जनअधिकार फोरम नेपाल मिलेर बन्ने नयाँ सरकार, एमालेबाहेकका राजनीतिक दल मिलेर बनाउने लगायतका विभिन्न विकल्पमा टिकाटिप्पणी बहस भने जारी नै छन् ।

यिनै विषयमा केन्द्रित रहेर मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बाह्रखरीका शिवनारायण गिरीले गरेको कुराकानीः

Agni Group

निर्वाचन सकिएको यतिका दिन बितिसक्दा पनि मतपरिणाम भने सार्वजनिक भएको छैन, यसको कारण के होला ?

त्यसको प्रमुख कारण त्रुटीपूर्ण संविधान, गलत संविधान, दुनियाँमा नभएको विकृतिहरु बोकेको संविधान नै हो । जसमा प्रमुख २ वटा त्रुटी छन् । संसदीय व्यवस्थामा जहाँ दुइवटा सदन हुन्छ, दुइवटै सदनको अलग–अलग च्याप्टर हुन्छ । सरकार निर्माणसँग तल्लो सदन, माथिल्लो सदन जोडिएको हुँदैन । तर, अहिलेको विश्वको उत्कृष्ट संविधानमा निकृष्ट व्यवस्था गरिएको के छ भने तल्लो सदन र माथिल्लो सदनलाई उस्तै–उस्तै बनाइएको छ । दुवै सदनलाई संसदीय दलको नेता हुने भनिएको छ ।

Global Ime bank

अनि अर्को ठाउँमा ३३ प्रतिशत महिला हुनुपर्ने भनिएको छ । त्यो ३३ प्रतिशत महिला माथिल्लो सदन र तल्लो सदनमा हुनुपर्थ्यो । तर, दुवैगरी भनिदिएको छ । अब अपर हाउसको चुनाव नभइ त परिणाम कसरी घोषणा गर्ने ? त्यसैले यसमा निर्वाचन आयोगको भन्दापनि संविधान निर्माताहरु, संविधान निर्माण गर्यौं भन्ने महान वैज्ञानिकहरुको दोष हो ।

भनेपछि संविधान त्रुटीपूर्ण भएर नै निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्न ढिलाई गरेको हो ?
 

हो, गलत संविधान र गलत प्रावधानले नै मुलुकलाई अस्तब्यस्त पारेको छ । त्यही कारण आज मुलुक दलदलमा फस्दै गएको छ ।

एमालेसँग मिलेर तपाईंहरुले सरकार गठन गर्न खोज्दै हुनुहुन्छ भन्ने बाहिर मिडियामा समाचार सार्वजनिक भएका छन् । तपाईँहरु र एमाले मिलेर नयाँ सरकार बनाउन लाग्नुभएको हो ?

बाहिर मिडियामा आएको सबै हल्लामात्र हो । सरकार गठनको विषयलाई लिएर एमालेसँग त्यस्तै कुनै वार्ता भएको छैन । एकपटक एमाले अध्यक्ष केपी शर्माजीसँग सामान्य भेटघाट मात्र भएको हो । त्यसपछि कुनै भेटघाट भएको छैन । हाम्रो पार्टीभित्र सरकारमा सहभागी हुने कि नहुने भन्ने बारेमा कुनै निर्णय नै भएको छैन ।

एमाले र माओवादीबीच पार्टी एकता भएमा र उनीहरुको सरकार बनेमा तपाईंहरु सरकारमा सहभागी हुनुहुन्छ कि हुनुहुन्न ?

हामीले बोकेका मुद्दाहरुलाई सकारात्मक रुपले हेर्ने, मधेसी, आदिवासी, जनजातीहरुको मुद्दाहरुलाई हल गर्ने, राष्ट्रिय समस्याहरुलाई समाधान गर्ने, गरिबी बेरोजगारीलाई हल गर्ने र मुलुकको अर्थतन्त्रलाई सुधार गर्दै सरकार जाने हो भने हाम्रो सोच सकारात्मक हुन्छ । हामी सहयोग गर्छौं ।

केपी ओलीको नेतृत्वमा सरकार बनेमा मधेसको माग सम्बोधन होलान् ?

केपी ओलीसँग हामी पूर्वाग्रही हुँदैनौं । ओली असल मित्र हुन् । म उहाँलाई मित्र नै मान्छु । तर, राजनीति मुद्दा र विचारले चल्छ । हामीले उठाएको  राजनीतिक मुद्दाहरुमा उहाँको दृष्टिकोण आएपछि मात्र हामीले एमालेसँग सहकार्य गर्ने वा नगर्ने कुरामा हामी निर्णय गर्छौं ।

प्रधानमन्त्रीका लागि मधेसवादी दलहरुले प्रचण्डलाई उचालिरहेका छन् भन्ने कुरा छ, एमालेबाहेक सरकार बन्ने सम्भावना कत्तिको छ नि ?
 

एमालेबाहेक सरकार बन्ने गणितको सम्भावना चाहीँ छ । हुन्छ हुन्न भन्ने मात्र कुरा हो । हामीले त प्रचण्डलाई उचालेका छैनौं । राजनीतिमा सबै कुरा सम्भावना हुन्छन् ।

एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई मधेसले कुन रूपमा लिएको छ ?

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएमा हामी खुसी नै हुन्छौं । राम्रो काम हो । तर, उहाँहरुले मागी खाने देशमा कहाँ राखेको हुन्छ र समाजवाद ल्याउनलाई ? जहाँ गरिबी बेरोजगारी छ । साना–साना कुराका लागि पनि अरु देशसँग मागेर ल्याउनुपर्छ । यस्तो देशमा कसरी समाजवाद आउँछ ? त्यो समाजवाद उहाँहरुले पढ्नुभएको छैन । समानता र समृद्धिबिना समाजवाद हुँदैन । समाजवादको लागि मुलुक अन्त्यन्तै समृद्ध हुनुपर्यो, मुलुकमा जातीय, क्षेत्रीय, वर्गीय लिङ्गिय समानता हुनुपर्यो । अनि मुलुक समाजवादको दिशातर्फ जान्छ । अत्यन्तै अविकसित र परनिर्भर मुलुकमा समाजवाद आउँदैन । समाजवाद कहिँ राखेको छ र ? गाडीमा बोकेर ल्याउने हो र ? समाजवाद त सामाजिक, आर्थिक समुन्नतिको  एउटा रुप हो । जहाँ पुगेर गरिबी, बेरोजारीको अन्त्य हुन्छ । सबैले स्वास्थ शिक्षा, रोजगार पाउँछन् ।

सबैले समाजिक सुरक्षा पाएका हुन्छन्, जहाँ अभावग्रस्त जीन्दगीबाट मुक्ति पाएका हुन्छन्  त्यो ठाउँमा पुगेपछि मात्र समाजवादको कुरा आउँछ । त्यो बाटोमा मुलुकलाई लैजाने हो भने यो विभेद, असमानता, उत्पीडन र दमनलाई अन्त्य गर्नुपर्छ ।

मधेसी जनताले मधेसका लागि यो गठबन्धनले मधेसलाई के दियो के दिन्छ भनेर त्यसको मुल्याङकन गरिरहेका छन् । यो  गठबन्धनको सरकारले मधेस र मधेसी जनताको, आदिवादी, जनजाती, थारु, मुस्लिमहरुको आवाजलाई सुनेर न्याय दिनुहुन्छ भन्ने हामीलाई लागेको छ । यो गठबन्धनले उनीहरुको आवाजलाई सुनेन भने सकिन्छ ।

चुनावमा राष्ट्रिय जनता पार्टीसँग तपाईँहरुले चुनावी तालमेल गर्नुभयो, पार्टी एकताको सम्भावना कत्तिको छ ?
 

अहिले त्यस विषयमा कुनै चर्चा भएको छैन । बाहिर राजपाका कुनै–कुनै नेताले पार्टी एकताको विषयमा व्यक्तिगत रुपमा बोलेका होलान । पार्टी एकताको विषयमा दुवै पार्टीभित्र आधिकारीक रुपमा छलफल नै भएको छैन । तपाईंले जुन सम्भावनाको कुरा गर्नुभयो ।  राजनीतिमा असम्भावना भन्ने केही हुँदैन, सम्भावनाकै खेल हो । तर, कुन बेला कुन कुरामा सम्भव हुन्छ त्यो सक्ने कुरामा निर्भर पर्छ ।

फोरम र नयाँ शक्तिबीचको पार्टी एकता अन्तिम अवस्थामा पुगेर पनि किन टुट्यो ? 

त्यो बेलामा चुनावको चापले समय नभएर पार्टी एकता गर्न सकिएन ।

तर नयाँ शक्तिका नेताहरुले तपाईंहरुले पुरातनवादी सोच देखाउनुभयो त्यसकारण पार्टी एकता हुन सकेन भनेका छन् त ?
त्यस्तो होइन, सोचहरुको विषयमा छलफल हुँदै थियो । चुनाव आयो चुनावपछि छलफल गरौं भन्ने भयो त्यत्तिकैमा टुंगियो ।

भनेपछि नयाँ शक्तिसँग पनि पार्टी एकताको सम्भावना छ ?

छ, किन नहुनु । सम्भावना नभएको भन्ने चिज केही पनि हुँदैन ।

नयाँ संविधानप्रति तपाईँहरुको असहमति छ । यो भनेको प्रदेशको संरचनाप्रति हो कि के हो ? एक मधेस प्रदेश नै चाहिन्छ भन्ने हो तपाईँहरुको माग ?

होइन, हामीले त्यस्तो भनेका होइनौं । भनेको के हो भने उहाँहरुले नै राज्यको राज्य पुनर्संरचना आयोग बनाउनुभयो । त्यो आयोगले दिएको प्रतिवेदनअनुसारको हो । त्यो पनि हामीले बनाएका होइनौं । त्यो बेलाको सरकारमा हाम्रा प्रतिनिधि नै थिएनन् ।

त्यो बेलाको सरकारले संविधानको व्यवस्थाअनुसार बनाएको आयोग हो । त्यो आयोगले १० प्रदेशको खाका दिइसकेको छ । त्यो १० प्रदेशको खाका अगाडि बढाउन पाएको भए यो मुलुकको राष्ट्रिय एकता दह्रो हुनेथियो भने मुलुक शान्ति र समृद्धितर्फ जाने थियो ।

तपाईंहरुले संविधान संशोधन भन्नुभएको छ । तपाईँहरुले चाहेको संविधान संशोधन कस्तो हो ?

अहिले देखिइहाल्यो नि संविधान संशोधन हुनुपर्छ कि पर्दैन भनेर  । यो संविधानमा भएका त्रुटीहरुलाई हटाउनुपर्छ । यो संविधानमा भएको संघीयता, शासकीय स्वरुप । अहिले नै सरकार फर्मेसनमा त्रुटी देखियो । समानुपातिक समावेशीताका विषयहरुमा व्यापक संशोधन गरेर संविधानलाई चुस्त दुरुस्त पार्नुपर्छ । नत्र यो  संविधानले मुलुकलाई गति दिन सक्दैन ।

तपाईं सप्तरी २ बाट विजयी सांसद हुनुहुन्छ, एउटा पार्टीको अध्यक्ष पनि । अब तपाइँले एउटा प्रतिनिधिको हिसाबले देशको लागि के गर्नुहुन्छ ?

मैले सप्तरीदेखि कञ्चनपुरसम्म, सप्तरीदेखि सोलुखुम्बुसम्म जनताको एउटै आवाज पाएको छु । त्यो हो विकास र रोजगारीको सिर्जना, गरिबीको अन्त्य । विभेदमा पारिएका जनताहरुलाई न्याय चाहिएको छ । न्याय, विकास, गरिबी र बेरोजगारीबाट मुक्ति पाउनु अहिले सबै ठाउँको जनताको साझा माग हो । यिनैको वरिपरी रहेर मैले संसद्को प्रतिनिधिको हिसाबले काम गर्छु ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २४, २०७४  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC