site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमार, एमबाप्पे र डी मारियाको दुई दुई गोल, पिएसजी अर्को चरणमा 
Sarbottam CementSarbottam Cement

एजेन्सी ।  साबिकको बिजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा रेनसलाई ६ – १ ले पराजित गर्दै पिएसजी अन्तिम ३२ मा प्रवेश गरेको हो ।

रेनसको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई फराकिलो जित दिलाउन नेयमार, केलीयन एमबाप्पे र एन्जल डी मारियाले समान दुई दुई गोल गरे । रेनसका बेन्जामिनले एक गोल फर्काए । घरेलु टोलिबिरुद्ध एकतर्फी जित निकाल्ने क्रममा पिएसजीले पहिलो हाफमा ४ र दोस्रो हाफमा दुई गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफको नवौं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता बनाएको थियो । १७ औं मिनेटमा नेयमारले पिएसजीको अग्रता दोब्बर बनाए । खेलको २३ औं मिनेटमा डी मारियाले पहिलो र ४३ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी पहिलो हाफमा ४ – ० ले अघि रह्यो ।

दोस्रो हाफमा खेलमा फर्कने कोशिस गरेको रेनसले खेलको ६६ औं मिनेटमा एक गोल फर्कायो । रेनसका बेन्जामिनले गोल गर्दै खेल ४ – १ मा ल्याए । तर, ७४ औं मिनेटमा डी मारिया र ७५ औं मिनेटमा एमबाप्पेले एक एक गोल गरेपछि पिएसजीले ६ – १ को फराकिलो जित निकाल्यो ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २४, २०७४  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC