site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
ट्रम्पको विरोधमा पाकिस्तानमा अमेरिकी झण्डा जलाइयो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानमा सयौँ प्रदर्शनकारीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सहयोग कटौति गर्ने र सुरक्षा व्यवस्थामा पनि रोक लगाउने निर्णयको विरोध गर्दै उनको तस्बिर भएको अमेरिकी झण्डा जलाएका छन् । 

पाकिस्तान आतङ्ककारी संगठनलाई हटाउने विषयमा गम्भीर नभएको र वर्षौँदेखि उनीहरुलाई आश्रय प्रदान गरिरहेको भन्दै ट्रम्पले यस्तो निर्णय लिएको बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

२५५ मिलियन अमेरिकन डलरको आर्थिक सहयोग कटौति गर्नुका साथै उनले पाकिस्तानलाई प्रदान गर्दै आइरहेको सुरक्षा व्यवस्थामा पनि रोक लगाउने घोषणा गरेका थिए । 

यति मात्र नभएर ट्रम्पले ट्वीटरमार्फत झुटो बोलेको र धोका दिएको भन्दै पाकिस्तानको कडा आलोचना गरेका थिए । यसपछि पाकिस्तानी सरकारले पनि यसबारे राम्रो प्रतिक्रिया दिएको थिएन । यसरी अहिलेका लागि आर्थिक सहयोगमा रोक लगाएपनि ट्रम्पले आगामी दिनमा यस निर्णयलाई फिर्ता गराउन पाकिस्तानले सक्रिय भएर आफ्ना गतिविधिलाई सुधार्नुपर्ने बताएका छन् । तर पाकिस्तानी विदेश मन्त्री आशिफले भने ट्रम्प प्रशासनको आफूहरुप्रति यस्तो व्यवहारपछि अमेरिकासँगको सम्बन्ध लामो समयका लागि नराम्रो हुन जाने बताइरहेका छन् । यसका साथै उनले इतिहासले पनि अमेरिकामाथि विश्वास नगर्नु नै राम्रो हुने पाठ सिकाएको भन्ने बयान दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Global Ime bank

उता ट्रम्प विरुद्ध प्रदर्शन गरिरहेका पाकिस्तानीले भने ‘नो मोर ट्रम्प’ लेखिएको ब्यानर जलाउँदै सडकमा विरोधका लागि उत्रिएका हुन् । प्रदर्शनकारीहरुका अनुसार चाहिँ पाकिस्तानले आइएस आइएससँगको लडाईमा अरबौँ रुपैँया खर्च गरिसकेकोले ट्रम्पले लगाएको सबै आरोप गलत हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २४, २०७४  ०५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC