site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तीन सहरका प्रस्तुती लिएर नेपथ्य यात्रामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थापनाको रजत महोत्सव मनाउँदै गरेको नेपथ्यले अब यसै अवसरमा मुलुकका तीन सहरको सांगीतिक यात्रा गर्ने भएको छ । केहि समयअघि मात्र काठमाडौं, पोखरा र बुटवलका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो ।

पुस २८ गते झापाको दमकबाट सुरुहुने यो यात्रा माघ १ गते नारायणघाटहुँदै माघ ४ गते भैरहवा पुगेर सम्पन्न हुने नेपालयका निर्देशक अर्पण शर्माले जानकारी दिएका छन् ।
मुलुकको पूर्वी, मध्य र पश्चिम भागको प्रतिनिधित्व गर्ने यी सहरहरुको यात्राका लागि ब्याण्डले नयाँ पुराना गीतहरुको अभ्यास सुरु गरिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यात्रा अन्तर्गत पहिलो शो दमकको सरस्वती निम्नमाध्यमिक विद्यालयमा आयोजना हुनेछ । त्यहाँस्थित ‘थ्रीइन्क भिजन’, जय मिडिया र पुर्वाञ्चल रक्स ले आयोजना गर्ने कार्यक्रम बेलुकी साढे पाँच बजेदेखि सुरु हुनेछ ।

झापामा पहिलो शो सम्पन्न भएपछि नेपथ्य टोली नारायणघाटतर्फ लाग्नेछ । माघे संक्रान्तिका दिन नारायणी नदीको किनारमै बेलुकी छ बजे नेपथ्य कन्सर्ट सुरु हुनेछ । 
त्यहाँस्थित ‘दाताज इभेन्ट म्यानेजमेन्ट’ले आयोजनाको जिम्मा लिएको छ । यसअघि पनि दुइ वर्षपहिले नेपथ्यले नदीको यस किनारमै भव्य कन्सर्ट आयोजना गरेको थियो ।

Global Ime bank

यसरी नारायणीको बलौटे किनारमा नेपाली लोक रक सुनाएपछि ब्याण्डको अर्को प्रस्तुती भैरहवामा हुनेछ ।

त्यहाँस्थित पक्लिहवा हाइस्कुलमा बिहीबार बेलुकी छ बजेदेखि नेपथ्य प्रस्तुती सुरुहुनेछ । त्यसै दिन सोनाम लोसार पनि परेकाले तामाङ समुदायको नयाँ वर्ष मनाउने अवसर नेपथ्यको कन्सर्टमा हुनेछ । 

नेपथ्यले तामाङ भेगबाट ‘भेँडाको ऊनजस्तो’ लगायत थुप्रै गीतहरु संकलन गरेको छ । भैरहवामा कार्यक्रम आयोजनाको जिम्मा ‘पर्फेक्ट इभेन्ट स्क्वाड’ले लिएको छ ।

‘द्वन्द्वले मुलुकका विद्यालयहरु विथोलेपछि हामीले लामो समयसम्म विद्यालयका सहयोगार्थ शान्तिको लागि शिक्षा कार्यक्रम गरेका थियौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यस क्रममा निरन्तर खतरालाई चिर्दै मोफसलका श्रोता दर्शकहरुसँग जोडिएका हामी अहिले पनि कुनै न कुनै हिसाबले भेट्ने कोशिश गरिरहेकै छौं ।’
यस्तो अवस्थामा नेपथ्यको २५ औं वर्ष मनाइरहँदाको क्षण मुलुकको बाँकीका भागका श्रोताहरुमा पनि समर्पित गर्न पाउँदा आफुलाई खुशी लागेको गुरुङले बताए ।
‘हामीले काठमाडौं भित्र वा वाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोताहरुलाई एकरुपता दिँदै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपटक पनि कलाकार र प्राविधिकसहितको भ्रमणदलदेखि लिएर अत्याधुनिक साउण्ड सिस्टमसहितको यात्रा यी तीनै सहरमा गर्नेछौं ।’
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC