site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पाल्पा, रासस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताएका छन् । 
उनले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा र काठ सहजरुपमा उपलब्ध गराउने जानकारी दिए । प्राधिकरणद्वारा शनिबार आयोजित जिल्लाको सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा भुसालले जनप्रतिनिधिको नेतृत्वमा भूकम्प पीडितका घर बनाउने काम अघि बढाएको र स्थानीय तहमा प्राविधिक पठाएको बताए ।  स्थानीय तहमा आएका प्राविधिकलाई जनप्रतिनिधिले वडा वडामा पठाएर काम अघि बढाउन भुसालले अनुरोध गरे । 
भूकम्प प्रभावित क्षेत्रमा खटिएका इञ्जिनियरलाई १० दिने तालीम र सव इञ्जिनियरलाई दुई दिनको तालीमसमेत दिई स्थानीय तहमा पठाइएको छ । स्थानीय तहका प्राविधिकलाई पनि भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालीम दिइने उनले बताए । प्राधिकरणद्वारा भूकम्प प्रतिरोधात्मक घर बनाउन सिकर्मी डकर्मीलाई सात दिनको तालीम प्रदान गर्न लागिएको छ । 

पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भूकम्प पीडित आवास बनाउन झण्झटिलो रहेकाले यसलाई सुधार गरी अघि बढ्नुपर्ने बताए । कार्यक्रममा पाल्पाका स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृत, राजनीतिक दल, प्राविधिक, जिल्ला समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीले छिटो छरितो रुपमा भूकम्प पीडितका घर बनाउनुपर्नेमा जोड दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC