site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तेस्रो पटक ब्राजिलका उत्कृष्ट फुटबलर चुनिए नेयमार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमार युरोपमा खेल्ने ब्राजिलको उत्कृष्ट फुटबलर चुनिएका छन् । नेयमार लिभरपुलका फिलिप कौटिन्होलाई पछि पार्दै तेस्रो पटक ब्राजिलको उत्कृष्ट खेलाडी बनेका हुन् ।

विश्वका सर्वाधिक महँगा खेलाडी नेयमार ब्राजिलका पूर्वखेलाडी, पत्रकार र समर्थकको भोटका आधारमा यो वर्ष उत्कृष्ट खेलाडी बनेको डेलीमेल अनलाइनले जनाएको छ । भोटिङमा नेयमारले कुल मतमध्ये २७.७१ प्रतिशत मत पाएका थिए । दोस्रो स्थानमा रहेका कौटिन्होले १६.६४ प्रतिशत मत पाए । भोटिङको तेस्रो स्थानमा रियल मड्रिडका डिफेन्डर मार्सेलो, चौथोमा बार्सिलोनाका पाउलिन्हो र पाँचौं स्थानमा रियल मड्रिडका कासिमिरो रहेका छन् ।

नेयमार यसअघि सन् २०१४ र २०१५ मा ब्राजिलको उत्कृष्ट खेलाडी बनेका थिए । नेयमार बार्सिलोनाबाट यो सिजन कीर्तिमानी मूल्य १८९ मिलियन पाउण्डमा पिएसजी आएका हुन् । नेयमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १९, २०७४  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC