site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
विशेषज्ञद्वारा रानीपोखरीको उत्खनन् सुरु, अध्ययनपछिमात्र पुनर्निर्माण सुचारु हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । रानीपोखरी पुनर्निर्माणमा विवाद आएपछि गठन गरिएको विशेषज्ञ टोलीले रानीपोखरी उत्खनन् सुरु गरेको छ । 
काठमाडौं महानगरपालिकाले पोखरीको बीचमा सिमेन्ट ढलान (कंक्रिट)को पर्खाल उठाएपछि स्थानीयले रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न नहुने दबाब दिएपछि रानीपोखरी पुनर्निर्माण बिहीबारबाट स्थगित छ । 
रानीपोखरी पुनर्निर्माणमा लापरबाही भएको भन्दै पुरातात्वविद तथा स्थानीय सम्पदा प्रेमीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पेश गरेका छन् । 
“महानगरले आफ्नो गल्ती सच्याउनुपर्छ,” सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले भने, “रानीपोखरीको ऐतिहासिक मौलिकता कुनै हालतमा मेटिनु हुन्न ।”

काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणलाई गम्भीर र महत्वका साथ लिएको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्माले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

“विशेषज्ञ टोलीले रानीपोखरीलाई कुन तौरतरिकाले पुनर्निर्माण गर्न सकिन्छ भनेर पुनः अध्ययन गर्नका लागि पोखरीको उत्खनन् गरेको हो,” शर्माले बाह्रखरीसँग भने, “यहाँ हाल माटोको अवस्थालगायत अन्य प्राविधिक विषयमा टोलीले अध्ययन गर्नेछ, अध्ययनपछि पुनर्निर्माण सुचारु हुनेछ ।”  बिहीबार गठित रानीपोखरी पुनर्निर्माण अध्ययन विशेषज्ञ समितिले १५ दिनभित्र रानीपोखरी पुनर्निर्माणबारे टुंगो लगाउनेछ ।

समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौ महानगरपालिकाका विशेषज्ञहरु समावेश छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १८, २०७४  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC