site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हङकङमा धिरज भन्दैछन्–बुद्ध नेपालमै जन्मिएका हुन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । एउटा सानो ब्यानर, त्यसमा भगवान गौतम बुद्धको तस्बिर अनि अंग्रेजीमा लेखिएको छ,– ‘बुद्ध वाज बर्न इन नेपाल ।’ छेउमा छ नेपालको झण्डा । यो ब्यानर बोकेर यतिबेला गायक धिरज राईहङकङको सार्टिन पुगेका छन् । उनको हुलिया भने फरक छ । क्याप टोपी र गगल्समाठाँटिएका धिरजको काँधमा हमेशा नेपालको झण्डा देखिन्छ । हातको पोस्टर देखाउँदै उनी त्यही भनिरहेका छन्, ‘बुद्ध वाज बर्न इन नेपाल ।’ 

सार्टिन एक हजारभन्दा धेरै बुद्धका मूर्ति भएको ठाउँ हो । जहाँ बुद्धका मूर्ति नै पर्यटकको मुख्य आकर्षण हो । बर्सेनी हजारौं पर्यटक बुद्धको मूर्ति हेर्नै भनेर सार्टिन पुग्छन् । पहेँलो धातुमा कुँदिएका प्रतिमामा बुद्ध कहाँ जन्मिएका हुन् भनेर लेखिएको छैन । प्रायः कतै पनि बुद्धको जन्मभूमि लेखिएको हुँदैन । यसको फाइदा उठाउँदै भारतले बुद्ध भारतमा जन्मिएका हुन् भनेर दाबी गर्दै आएको छ । विश्वव्यापी पहुँच भएका आफ्ना सञ्चारमाध्यममार्फत यही गलत सन्देश विश्वमाझ पुर्याउने प्रयास गरिरहेको छ । 

भारतको यो गलत सन्देश प्रवाह रोक्न धिरज सक्छन् या सक्दैनन् ? त्यो त भविष्यकै गर्भमा छ तर उनले आफ्नो प्रयास भने नेपालमा हुँदा होस् या दुईचार दिनका लागि विदेश जाँदा होस्, जारी राखेका छन् । उनी जहाँ पुग्छन् त्यहीँबाट फेसबुक लाइभ गर्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी भन्छन्, “एमएमा अंग्रेजी साहित्यमा ५ सय पूर्णांकका ५ वटा पुस्तक पढ्नुपथ्र्यो । त्यसमा एउटा पुस्तक थियो,– ‘हिष्ट्री अफ नलेज ।’ त्यसमा एउटा टपिक छ, ‘बुद्धिजम’ । त्यसमा लेखिएको छ, ‘बुद्ध वाज बर्न इन नर्देन पार्ट अफ इण्डिया ।’मैले नेपालमा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने पुस्तक हटाउन पहल गरेँ, हट्यो पनि अब यो अभियानलाई विश्वभर पुर्याउनु छ । बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने विश्वमा फैल्याउनु छ ।”

उनी यही अभियान लिएर हङकङसँगै अमेरिका, बेलायत, क्यानडा, कोरियालगायतका दर्जनौं देश पुगे । त्यहाँ रहेका  नेपालीलाई आफ्नो अभियानमा होस्टे गर्न आग्रह गरे । 
आफ्नै कति साथीले त उनलाई ‘राज्यलाई वास्ता छैन, तिमीमात्र के टाउको दुःखाउँछौ भने । तर पनि धिरज गलेका छैनन् । 

Global Ime bank

“बुद्धले भन्नुभएको एउटा उद्गारबाट म निकै प्रेरित छु । उहाँले भन्नुभएको थियो तीन कुरा– १) चन्द्र, २) सूर्य र ३) सत्य यो संसारमा धेरैबेर लुक्न सक्तैन,” धिरज भन्छन्, “यो वाणी उनमै लागु हुनुपर्छ र हुन्छ ।”
ढिलोचाँडो सत्य अवश्य उद्घाटित होला तर निकै ढिलो भैसकेको जस्तो उनलाई लागेको छ । त्यसैले त उनले आफ्नो गीति एल्बम नै ‘बुद्ध वाज बर्न इन नेपाल’ निकाल्दैछन् । यही बोलमा गीत निकालिसकेका छन् । बुद्धभूमि लुम्बिनीमै पुगेर छायांकन गरेका छन् । विश्व समुदायले सुनाउन उनले यो गीत अंग्रेजीमै रेकर्ड गरेका छन् । 

धिमे, सोरठी, देउडा, साकेला, सेलो, पालान, भोजपुरी संस्कृति र लय र ‘बुद्ध वाज बर्न इन नेपाल’ सहित ८ वटा गीत लिएर धिरज अन्तर्राष्ट्रिय बजारमा जाँदैछन् । यो एल्बमले नेपाली गीत र कल्चरलाई विश्वसामु पुर्याउने उनको विश्वास छ । 

यो एल्बमका लागि धिरजलाई बेल्जियमको बी.बीभीए.विमन रेकर्डसले सहयोग गर्दैछ । बी.बीभीए.विमन रेकर्डस्पश्चिमा कलाकारलाई पूर्वी देशमा ल्याउने र पूर्वीया कलाकारलाई पश्चिमा देशमा लैजाँदै आएको संस्था हो । 

बी.भी.बीए.विमन रेकर्डसले धिरजलाई ६० लाख खर्चिदैछ । अहिलेसम्म ६० प्रतिशत काम सकेका धिरज अब ६ महिनामा बुद्ध नेपालमा जन्मिएको सन्देश लिएर निस्किनेछन् । ८ वटै गीतको भिडियो तयार गरेर बी.भी.बीए.विमन रेकर्डसले भि च्यानलबाटै अनएयर गर्नेछ ।

बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देशमूलक तस्बिर, स्टाटसहरु उनको फेसबुक एकाउन्टमा भेटिन्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १२, २०७४  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC