site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छोरी जगाउँदै ‘हिम्मतवाली’ रेखा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्रको पर्दामा ‘हिम्मतवाली’को छवी बनाएकी निर्मात्री एवम् नायिका रेखा थापा यतिबेला गाउँ नगरमा छिन् । रजतपटमार्फत् नारी आवाज मुखर गर्ने, चेतनाको विगुल फुक्ने र महिला सशक्तीकरणको मुद्दा चहकिलो बनाउने थापा अहिले छोरी जगाउन कम्मर कसेर लागेकी हुन् ।

०७० को दशकमा पनि बाल विवाह न्यूनीकरण नभएको र छोरीहरूको जीवनमा विवाहले आँधीतुफान पैदा गरेको भन्दै छोरी बचाउन उनी मैदानमा उत्रिएकी हुन् । सधैँजसो ‘रिल’मा देखिने थापा ‘छोरीका निम्ति स्वर्णीम नेपाल–महाअभियान’मार्फत ‘रियल लाइफ’मा उत्रिएकी छन् र उनलाई साथ दिँदैछन्, अभियन्ता नरबहादुर कार्की । त्यसो त कार्की सकारात्मक अभियानका बिम्ब हुन् । वाकपटुता र शाब्दिक चातुर्यतामार्फत उनी केही समययता बाल विवाह रोकथामका लागि जुटेका छन् ।

‘म त सतहमा पो रहेछु’

Prabhu Bank
Agni Group
NIC Asia

पर्दामा महिलाका विभिन्न सवाल उठाइन् अभिनेतृ रेखा थापाले । सफल नायिका बन्ने महत्वाकांक्षाले रंगिन दुनियाँ प्रवेश गरेकी रेखा थापा अन्ततः चर्चित अभिनेतृ मात्र बनिनन्, निर्मात्री र निर्देशकको छवीसमेत उजिल्याइन् । त्यसो त चलचित्र आफैँ पनि चेतनाको सम्वाहक हो, सशक्तीकरणको माध्यमसमेत हो ।

तथापि ‘एक्सन–कट’ र सेटको दैनिकबाट फुत्किएर अहिले उनी सुर्खेतका विभिन्न सहरमा नारी सचेतनाका आवाज पस्कँदै हिँडेकी छन् । बल्ल उनलाई अनभूत भयो, “म त सतहमा पो रहेछु । समाजमा छोरीहरूको अवस्था त सोचे भन्दा पृथक र टीठलाग्दो रहेछ !

Global Ime bank

अभियानकै सन्दर्भमा सुर्खेतमा रहेकी उनले बाह्रखरीसँग भनिन्, “जबसम्म समाजमा छोरीहरूको अवस्था जबसम्म सुदृढ हुँदैन । तबसम्म समाज सभ्य ठहरिँदैन । प्रगतिपथमा पनि अघि बढ्दैन । छोरीको अनुहार हँसिलो नभएसम्म देशको भविष्य पनि उज्यालो हुँदैन ।”

पछिल्लो समय छोरीहरू सुरक्षित छैनन् । सडक, बाटोघाटो, विद्यालय, कलेज, कार्यालयमा मात्र होइन, आफ्नै घरमा समेत असुरक्षित छन् छोरीहरू । समाजको यो विद्रू्रप अवस्थाले पिरोल्नुसम्म पिरोलेको छ उनलाई र समाधानको उपाय पहिल्याउँदै गाउँनगर पसेकी छन् र घरघर पुगेर चेतना जगाउँदैछिन् उनी ।

‘छोरा भए सम्पत्ति, छोरी भए समस्या’

छोरी पैदा भई भने समाजमा अहिले पनि नाक खुम्च्याइन्छ । त्यसो त ग्रामिण कथन नै छ– ‘छोरा भए सम्पत्ति, छोरी भए समस्या !’ स्याहार–सुसारदेखि शिक्षा–दीक्षामा समेत कोपभाजनमा पर्छन् उनीहरू । बाल्यावस्थामा कुपोषण र किशोरावस्था पार नहुँदै अनेक हिंसाप्रतिहिंसाको शिकार हुनुपर्छ । 

छोरीहरूले भोग्ने अर्को मुख्य समस्या हो– उमेर नपुग्दै हुने विवाह । हिमाल, पहाडमा त यो समस्या छँदैछ, तराईमा झनै विकराल छ यो समस्या । यही कुराको अन्त्यका लागि अभिनेतृ थापा अभियान लिएर गाउँबस्ती पुगेकी हुन् ।

“आधुनिक युगमा समेत छोरीहरू किशोरावस्थामै विवाह गरेर अर्काको घरमा जान अभिशप्त छन् । बालविवाह कानुनतः बर्जित गरिएको भए पनि कार्यान्वायन हुन सकेको छैन,” अभिनेतृ थापा भन्छिन्, “यसबाट छोरीहरूलाई बचाउन अभियान सञ्चालन गरिएको हो ।” 

लमजुङ, बाँके, सुर्खेत, वैतडी, बाजुरालगायत विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले अभियानलाई देशव्यापी बनाउने पनि बताइन् । 

छोरी नजगाएसम्म समाज शिक्षित र समृद्ध नहुने उनको ठोकुवा छ । 

‘उत्साहित छन् छोरीहरू’

थापाको अनुभव छ– चलचित्रका पर्दामा मात्र देखेको नायिकालाई आँखा अघिल्तिर देख्न पाउँदा पुलकित छन् बालिका तथा किशोरीहरू । 

“उनीहरूको अनुहारमा अदम्य साहस र आँट पैदा भएको पाएको छु । उनीहरू आफ्ना समस्या, सपना निर्धक्क भन्न सक्ने भएका छन्,” अभियान फलदायी भएको बताउँदै थापाले बाह्रखरीसँग भनिन्, “अभिभावकहरूसमेत सजग, सचेत देखिनुभएको छ ।”

छोरीलाई बोझ र समस्या नठानी उचित शिक्षा–दीक्षामा जोड दिने हो भने समाज आफैँ शिक्षित हुने उनको ठहर छ ।

एक व्यक्ति, संघसंस्था र अभियान यसको लागि पर्याप्त नहुने बताउँदै उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकारले पनि विशेष योजना बनाएर बालविवाह निरुत्साहित गर्न लाग्नुपर्ने तर्क गरिन् ।

“त्यसका लागि योजना बनाएर मात्रै हुँदैन, कार्यान्वयन पक्ष पनि उत्तिकै बलशाली हुनुपर्छ,” उनी बताउँछिन् ।

त्यस्तै, अभियान्ता नरबहादुर कार्कीले बाल विवाहविरुद्ध समाजका सबै चेतनशील नागरिक सक्रिय हुनुपर्ने, घरघरबाट यस अभियानको थालनी गर्नुपर्ने र बाल विवाह रोक्न सङ्कल्प गर्नुपर्ने बताए । 

“स्थानीय तहलाई सक्रिय बनाउन र छोरीलाई केन्द्रमा राखेर विकास योजना तर्जुमा गर्न र बाल विवाहलाई शून्यमा झार्न हामीले अभियान चलाएका हौँ,” कार्की यसबारे प्रष्ट्याउँछन् ।

बाल विवाहको जोखिम न्यूनीकरणका लागि किशोरी स्वयम् सचेत हुनुपर्ने र अभियान त्यसैको कडी भएको उनको ठहर थियो ।

बाल विवाह जस्तो रूढ सामाजिक नियमको खिलाफमा हुने सबैलाई एक ठाउँमा उभ्याउन र कुरीतिविरुद्ध एकजुट बनाउन अभियान प्रभावकारी रहेको उनको निष्कर्ष छ । “छिट्टै नयाँ अवस्थाको थालनी हुँदैन । समाजका जागरणको लहर पैदा हुँदैछ र समाजका छोरीहरूको अवस्था सुढृढ हुनेछ,” उनले विश्वास व्यक्त गरे ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ११, २०७४  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC