site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सबैले उत्कृष्ट खेल्दा क्वालिफायर्स यात्रा सहज : कप्तान पारस
Ghorahi CementGhorahi Cement

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा अपराजित रहँदै विराटगर वारियर्स क्वालिफायर्समा पुगेको छ । लिग चरणको सबै पाँच खेल जितेको विराटनगर इपिएल क्रिकेटको क्वालिफायर्समा पुग्ने पहिलो टिम बन्यो ।

कीर्तिपुरस्थित टियु मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा विराटनगरले काठमाडौं किंग्स इलाभेनलाई ८ रनले पराजित गर्यो । विराटनगरले दिएको १४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो । यो हारसँगै काठमाडौं किंग्स इलाभेन लिग चरणबाटै बाहिरिने पहिलो टोली बन्यो ।

Agni Group

इपिएल क्रिकेटमा समूहको शिर्ष स्थानमा रहँदै क्वालिफायर्समा पुगेपछि कप्तान पारस खड्काले टोलीका सबै सदस्यले आवश्यक परेको बेला उत्कृष्ट प्रदर्शन गरेका कारण क्वालिफायर्स यात्रा सहज भएको बताए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका पारसले भने, “एलिमिनेटरको लागि सबै खेल महत्वपूर्ण थियो, सबैले चाहेको बेला बेस्ट दिए, त्यसैले सहज भयो । क्वालिफायर्समा पुग्दा खुशी लागेको छ ।”

पहिलो खेलमा ललितपुर पेट्रियट्सलाई ६ रनले पराजित गर्दै इपिएलमा विजय सुरुवात गरेको विराटनगरले त्यसपछि लगातार जित निकाल्यो । विदेशी खेलाडीको रुपमा हङकङका दुई ब्याट्सम्यान बाबर हायात र अंशुमान रथसहित मैदान उत्रने विराटनगरले दोस्रो खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको थियो । त्यस्तै, तेस्रो खेलमा चितवन टाइगर्सलाई ७१ रनले पराजित गरेको विराटनगरले चौथो खेलमा भैरहवा ग्लाडियटर्समाथि ३५ रनको जित निकालेको थियो ।

Global Ime bank

अब विराटनगरले फाइनल प्रवेशको लागि बुधबार लिग चरणमा दोस्रो हुने टोलीसँग खेल्नेछ । लिग चरणको खेलमा अपराजित रहे पनि क्वालिफयर्स सहज नहुने कप्तान पारसको भनाइ छ । तर, लिग चरणको खेलमा टोलीको मजबुत प्रदर्शनले आशा जगाएको पारसको भनाइ छ । पारसले भने, “बेस राम्रो बनेको छ, हामीले फिनिसिङ राम्रो गर्न सकिरहेका छैनौं । टोलीमा अझै धेरै कुरा सुधार गर्नुपर्ने आवश्यकता छ ।”

इपिएल क्रिकेटमा समान चारचार अंक जोडेको भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज दोस्रो स्थानको लागि संघर्षरत रहेका छन् । पहिलो क्वालिफायर्समा विजेता टोलीले फाइनलमा स्थान बनाउनेछन् भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १०, २०७४  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC