site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

मोरङ, रासस । मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् । 

केही दिनयता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका स्थानीय बासिन्दा आतंकित बनेका छन् । केहीदिनअघि मात्रै बस्तीमा पसेको हात्तीले घर भत्काइदिएपछि त्रासका साथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उर्लाबारी–१ का कृष्णप्रसाद पोख्रेलले बताए । 

Agni Group

आहाराका लागि बस्ती पस्ने गरेको हात्तीले उर्लाबारी र मिक्लाजुङ क्षेत्रका बस्तीमा रातभर वितण्डा मच्चाउने गरेको छ । यस्तै जिल्लाकै सुन्दरहरैँचा नगरपालिका ५, ६, ७, ८, ९, १०, ११ र १२ र बेलबारी नगरपालिका १, २, ३, ४, ८, ९, १० र ११ का बासिन्दा हात्तीबाट सबैभन्दा बढी पीडित बनिरहेका छन् । 
यी क्षेत्रमा वर्षेनी हात्तीले घर भत्काउने, मान्छेलाई आक्रमण गर्ने, बालीनाली नष्ट गर्ने, घरका खाद्यान्न खाइदिनेलगायतका वितण्डा मच्चाउँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । 

झापातिरबाट केराबारीको जंगल हुँदै हात्ती आउने गरेको स्थानीयवासीको आशंका छ । तीनदिनयता सुन्दरहरैँचा नगरपालिका–७ का पूर्णकुमार दर्जी, विजय चापागाई, कृष्णप्रसाद भट्टराई र तुलसी सुवेदीको घरमा हात्तीले क्षति पुर्याएको छ । घरमा भएका सबै धान, चामललगायतका अन्न पनि खाइदिएको स्थानीयवासीले बताएका छन् । 

Global Ime bank

हात्तीले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको पश्चिमतर्फको पर्खाल पनि भत्काइदिएकोे छ । केही दिनयता गाउँ पसेर हात्तीले उपद्रो मच्चाउन थालेपछि सुन्दरहरैँचा र बेलबारी नगरपालिकाका बासिन्दा रातभर नसुतीकन जाग्राम बस्न थालेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले हात्तीले वर्षेनी दुःख दिने गरेको गुनासो गर्दै सुरक्षाका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनसम्बन्धी क्षेत्रीय गुल्म स्थापनाको माग पनि गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ६, २०७४  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC