site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ग्रेमियो विश्वकपको फाइनलमा, फाइनलमा रियल मड्रिड र अल जाजिराबीचको विजेतासँग खेल्ने
Sarbottam CementSarbottam Cement

एजेन्सी । ब्राजिलियन क्लब ग्रेमियो क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा मेक्सिकोको पचुकालाई अतिरिक्त समयमा १ – ० ले पराजित गर्दै ग्रेमियो उपाधि नजिक पुगेको हो ।

ग्रेमियोको जितमा एभर्टनले निर्णायक गोल गरेका थिए । खेलको निर्धा्रित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अतिरिक्त समयको पाँचौ मिनेटमा एभर्टनले गोल गर्दै ग्रेमियोलाई महत्वपूर्ण जित दिलाए ।

एभर्टनले दोस्रो हाफमा मैदान छिरेर टोलीलाई महत्वपूर्ण गोल गरेका हुन् । उनी खेलको ७२ औं मिनेटमा माइकलको स्थानमा मैदान छिरेका थिए ।  त्यसअघि प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाएपनि गोल गर्न सकेनन् । खेलको ११० औं मिनेटमा भिक्टरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि पचुका १० खेलाडीमा समेटिएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल ग्रेमियोले १ – ० ले आफ्नो बनायो ।

Global Ime bank

अब ग्रेमियोले उपाधिको लागि स्पेनिस क्लब रियल मड्रिड र युएईको अल जाजिराबीचको विजेतासँग खेल्ने छ ।  रियल र अल जाजिराबीचको दोस्रो सेमिफाइनल खेल बुधबार हुँदै छ । विजेताले ग्रेमियोसँग उपाधिको लागि खेल्ने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC