site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डर्टमण्डको जित, लेपजिङको बराबरी
Ghorahi CementGhorahi Cement

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले मैन्जलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा डर्टमण्डले मैन्जलाई उसैको मैदानमा २ – ० ले हराएको हो ।

डर्टमण्डको जितमा सोक्राटिस पापस्टाथोपोलोस र सिन्जी कागवाले समान एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै डर्टमण्डले जित निकालेको हो ।  खेलको ५५ औं मिनेटमा सोक्राटिसले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा कागवाले गोल गरेपछि डर्टमण्डले २ – ० को जित निकाल्यो ।

Agni Group

जितसँगै डर्टमण्डले १६ खेलबाट २५ अंक जोडेको छ । डर्टमण्ड लिगको चौथो स्थानमा समेत उक्लिएको छ । पराजित मैन्ज १६ अंक जोडेर लिगको १५ औं स्थानमा छ । लिगको शिर्ष स्थानमा वायर्न म्युनिख र दोस्रो स्थानमा लेपजिङ रहेको छ ।

बुन्डेस लिगा अन्तर्गत नै मंगलबार राति दोस्रो स्थानको लेपजिङले वुल्फवर्गसँग १ – १ को बराबरी खेलेको थियो । बराबरीपछि लेपजिङले १६ खेलबाट २८ अंक जोडेको छ । १९ अंक जोडेको वुल्फवर्ग ११ औं स्थानमा छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC