site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाको जमिनमा लगातार झड्का किन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत सेप्टेम्बरमा उत्तर कोरियाले गरेको परमाणु परीक्षणपछि त्यहाँ ६.३ रेक्टरको भूकम्प आएको थियो । यस झट्कापछि देखि नै उत्तर कोरियाको जमिन लगातार हल्लिरहेको बताइएको छ । 

जमिनभित्रका गतिविधिको अनुसन्धान गर्ने संस्था यूएस जियोलोजिकल सर्वेका अनुसार उत्तर कोरियाको जमिन भित्र त्यसबाहेक अन्य दुईपटक पनि ठूलो हलचल महसुस गरिएको थियो । तीन सेप्टेम्बरमा उत्तर कोरियाले गरेको अहिलेसम्मकै विशाल मिसाइल परीक्षणलाई हाइड्रोजन बम भएको दाबी गरेको थियो । यसैको परीणाम स्वरुप त्यस क्षेत्र वरिपरिका पहाडहरु अस्थिर भएको हुन सक्ने विशेषज्ञहरुले अनुमान गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यूएस जियोलोजिकल सर्वेका अनुसार त्यही समयपछि आइरहेको लगातारको पराकम्पनले सो जमिनलाई पुनः स्थिर बनाउने कोशिश गरिरहेको छ । अहिले त्यहाँ ३.९ रेक्टरका पराकम्पन दैनिक जस्तो महसुस हुने गरेको रेकर्डमा देखिएको छ । रोएटर्सको खबर अनुसार ठूल्ठूला परमाणु परीक्षण गर्दा जमिन आफ्नो स्थानबाभट थोरै यताउता खस्किन सक्छ र त्यसलाई आफ्नो पूर्वस्थानमा आउन केही समय लाग्छ । त्यसैकारण महिनौँसम्म उत्तर कोरियामा यस्ता पराकम्पन आइरहेको वैज्ञानिकहरुले बताएका छन् । यसै कारणले अहिले उत्तर कोरियाका सुरुङहरु भत्किएको हुन सक्ने अनुमान गरिएको छ । त्यहाँका चट्टानहरुमा बारम्बार नोक्सान पुगिरहेको हुँदा यसले नजिकको ज्वालामूखी पनि फुटाउन सक्ने खतरा रहेको वैज्ञानिकहरुले बताएका छन् । 

यसैबीच अहिले नेता किमको पैक्टु हिमालमा भ्रमण गरिरहेको तस्बिर पनि सार्वजानिक भएको छ । सो तस्बिरहरु सार्वजानिक भएसँगै उत्तर कोरियाको अर्को योजना बारे विभिन्न आंकलन लगाइएका छन् । अब किम के को तयारी गरिरहेका छन् ? उनी किन शिखर भ्रमणमा गए ? भन्ने प्रश्नले विश्वमा चिन्ता बढाइरहेको छ । उनले पनि उत्तर कोरियाको भुगोलमा आइरहेका बदलावहरु महसुस गरिसकेकाले यसैसम्बन्धी अध्ययन गर्न गएको हुन सक्ने विश्वविद्हरुले बताइरहेका छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ०३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC