site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
साउदी अरबले चलचित्रमाथिको प्रतिबन्ध हटाउने !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साउदी अरबले ३५ वर्ष लामो चलचित्रमाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । साउदीका शक्तिशाली राजकुमार मोहोम्मद बिन सलमानले सामाजिक तथा आर्थिक सुधार ल्याउनका निम्ति यस्तो कदम उठाएको बताइएको छ । आगामी २०१८ देखि नै साउदीले राज्यभरि सिनेमा संचालन गर्ने र सबै सिनेमाघरमा तत्कालै लाइसेन्स जारी गराउने सूचना तथा संस्कृति मन्त्रालयले जानकारी गराएको हो । 

साउदीमा रुढिवादी समाजले लगातार विरोध गरिरहेको भएपनि भिजन २०३० अन्र्तगत साउदीका राजकुमारले मनोरञ्जनलाई बढी प्राथमिकता दिइरहेका छन् । यस भन्दा अघि पनि राजकुमारले महिलाहरुलाई गाडि चलाउने अनुमति दिएका थिए । उनको यस्तो फैसला भिजन २०३० अभियान कार्यक्रमको एउटा भाग रहेको उनले बताएका हुन् ।

तर त्यहाँका अधिकांश रुढिवादी समजामा भने सिनेमाले सांस्कृतिक र धार्मिक पहिचानलाई संकटमा ल्याउछ भन्ने मानसिकता रहेको छ । यसैकारण १९८० देखि त्यहाँ चलचित्रमाथि प्रतिबन्ध लगाइएको थियो । समाजको नौतिकता खतम हुन्छ भन्दै गत वर्ष पनि उनीहरुले सिनेमाघर नचलाउन चेतावनी दिएका थिए । अहिले भने विरोधका बाबजुद राजकुमार सलमानले यसबारे निर्णय लिइसकेका छन् । अब यसपछि सन् २०३० सम्ममा साउदीका ३०० चलचित्र घरमा २ हजार भन्दा धेरै स्क्रीन सुरु हुने अनुमान गरिएको छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ००:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC