site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गहुँको टप ड्रेसिङको लागि यूरिया मल अभाव हुन सक्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरोकारवाला निकायहरुले गहुँको ‘टप ड्रेसिङ’ गर्ने समयमा युरिया मलको अभाव हुन सक्ने जनाएका छन् । माग अनुसार मल भित्रन नसक्ने सम्भावना देखिएकोले अभाव हन सक्ने भएको हो ।

सरोकार निकायहरुका अनुसार गहुँको टपड्रेसिङको लागि ६० देखि ८० हजार टन यूरिया मलको आवश्यकता पर्छ । अहिले सरकारसँग स्टकमा करिब ५ हजार टन मात्र मल छ । 

कृषि विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत ईश्वरी पाण्डेले साल्ट ट्रेडीङ कर्पोरेशन लिमिटेडले ३० हजार टन ल्याउने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार २ हजार पाँच सय टन यूरिया मल लोड भइसकेको छ । 

“२/३ दिन भित्रमा आउदै छ,” उनले भने “कृषि सामाग्री कम्पनी लिमिटेडले पनि ३० हजार टन ल्याउने सम्झौता भारतको ‘आइपीएल’ कम्पनीसँग गरेको छ ।” 

Global Ime bank

सो मल उक्त कम्पनीले भित्र्याउनेमा भने, आशंका पैदा भएको उनको भनाइ छ । उक्त मल भित्रिएन भने, नजिकिँदै गरेको गहुँको टपड्रेसिङलाई युरिया मलको अभाव हुन सक्ने उनको  बुझाइ छ । 

उनका अनुसार आइपीएलसँग कृषि सामाग्री कम्पनीले ६ महिनाअघि टेन्डर गरेको हो । 

उक्त समयमा मलको भाउ कम थियो । ती दुई कम्पनीबीच प्रतिटन २८८ डलरमा भित्र्याउने सम्झौता भएको छ । पछिल्लो समय लगातार युरिया मलको भाउ झण्डै सय डलर बढेर प्रतिटन ३९० डलर पुगेको छ । 

“सोहि बाहनामा भारतीय सप्लायर्स कम्पनीले मलको भाउ घटेपछि भित्र्याउने विभिन्न बहाना खोजिरहेको छ,” उनले भने “कम्पनीले सम्झौता अनुसार मल ल्याए घाटामा जाने भएकोले तत्काल नल्याउन सक्ने आशंका छ ।”

कलकत्तामा डीएपी थुप्रिदा नेपालमा अभाव 

कलकत्ताको बन्दरगाहाबाट ल्याउन नसकेर अहिले किसानलाई आवश्यक रेहेको १५ हजार टन डीएपी थन्किएको जनाइएको छ । नेपालमा मल भित्रन नसक्दा गहुँ, तरकारी लगायतका विभिन्न बालिको लागि किसानले मलको संकट बेहोर्न परिरहेको छ । मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत पाण्डेले रेलव ¥याकमार्फत नेपालमा मल भित्र्याइने भएकोले भारतले विभिन्न बाहनामा रेलवे प्रतिबन्ध लगाएको कारण मल ल्याउन नसकेको बताए । 

“सरकारले कलकत्ता बन्दरगाहामा १५ हजार टन डीएपी ल्याइसकेको छ,” उनले भने “तर, नेपाल ल्याउन भारतले विभिन्न बाहनामा रेलवे (रेस्टिक्शन) सञ्चालनमा प्रतिबन्ध लगाउदा कृषकलाई मागअनुसार मल उपलब्ध गराउन सकिएको छैन ।”  उनका अनुसार रेलको एक ¥याकमा २५ सय टन मल ल्याउन सकिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC