site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चर्चित भएर पनि जो पराजित भए
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस)। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको हो । 

विशेषगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका प्राडा गोविन्दराज पोखरेल प्यूठानबाट पराजित भए ।
भारतका लागि नेपाली राजदूतसमेत रहनुभएका दीपकुमार उपाध्याय र त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत डा खगेन्द्र अधिकारी पराजित भए ।

Prabhu Bank
Agni Group
NIC Asia

राम्रो स्थानमा रहेको र काम गरेर जनताको मन जित्न सक्ने अवस्थामा रहेका ती व्यक्तित्वहरु  निर्वाचन परिणामका आधारमा पराजित भएका हुन् ।

यस्तै लामो समय पत्रकारिता गरेर विवेकशील साझा पार्टीको संयोजकसमेत रहेका रवीन्द्र मिश्र पराजित हुँदा नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकबाट राजीनामा दिएका नवराज सिलवाल भने ललितपुर–१ बाट निर्वाचित भए ।

Global Ime bank

यस्तै विगतमा अनेक रुपमा गलत काममा नाम जोडिएका राजीव गुरुङले मनाङबाट प्रदेशसभामा विजयी हुँदा उस्तै प्रकृतिका उम्मेदवार भनेर प्रचारित गणेश लामाले भने निर्वाचनमा पराजय भोग्नुपर्यो । 

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग निर्वाचन लड्न झापा क्षेत्र नं ५ पुगेका डा अधिकारीले २८ हजार २९७ मत प्राप्त गरे । ओलीले अर्धशतकको हाराहारीमा मत प्राप्त गर्दा अधिकारीले पराजय भोग्नुपर्यो । ओलीले सो क्षेत्रबाट ५७ हजार १३९ मत प्राप्त गरे ।

उता राष्ट्रिय रुपमा स्थापित व्यक्तित्वको छवि बनाएका राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका प्राडा पोखरेल राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् वाम गठबन्धनका साझा उम्मेदवार दुर्गा पौडेलसँग पराजित भए ।

पौडेलले ४७ हजार ५१४ मत ल्याएर विजयी हुँदा प्राडा पोखरेलले ३१ हजार २८६ मत ल्याए ।
निर्वाचनका लागि भन्दै भारतका लागि नेपाली राजदूतको पद त्याग गरेर मैदानमा खडा भएका उपाध्याय पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका चक्रपाणि खनालसँग पराजित भए ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा उत्रिएका उपाध्यायले २८ हजार ८५३ मत ल्याए ।
सो क्षेत्रबाट विजयी खनालले भने २९ हजार ७९९ मत प्राप्त गरे ।
आफू पराजित भएपछि विजयी उम्मेदवार खनाललाई बधाई दिँदै आगामी दिनमा पनि कपिलवस्तुको विकास निर्माणमा आफ्नो सक्रिय सहभागिता हुने प्रतिबद्धता उपाध्यायले व्यक्त गरे ।
उनले भने, “निर्वाचनमा होमिएपछि जीत–हार सामान्य प्रक्रिया हो । निर्वाचनले संविधान कार्यान्वयनको बाटो अघि बढेको छ । अब मुलुक आर्थिक समृद्धिको दिशामा बढ्छ भन्ने मेरो विश्वास छ ।” 

जनताको मन र विश्वास जितेको भए पनि प्राविधिक रुपमा आफूले हार्नु परेको भन्दै विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार मिश्रले आफूहरु निरन्तर राजनीतिमा क्रियाशील रहने बताए ।
मिश्रले यो चुनावी यात्राका क्रममा आफूलाई  नेपाल र विदेशमा रहेका नेपालीको असोचनीय स्तरमा साथ र सहयोग मिलेको भन्दै यसपटक राष्ट्रिय पार्टी बन्न नसके पनि राजनीतिमा सकारात्मक रूपले गरेको आक्रामक आगमन नै खुशीको विषय भएको उल्लेख गरे ।
उनी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भए ।
सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत प्राप्त गरे । मनाङबाट प्रदेशसभा (ख)मा उम्मेदवार भएका गुरुङ स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रिएका थिए ।
उनले  एक हजार ४१० मत ल्याएर प्रदेशसभामा विजयी भए ।
उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत प्राप्त गरे । उता फरक पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका सिलवालले ललितपुर–१ बाट अर्थराज्यमन्त्रीसमेत रहेका काँग्रेस उम्मेदवार उदयशम्शेर राणालाई पराजित गरे ।

सिलवालले २६ हजार ९५१ मत पाएर विजयी हुँदा राणाले भने २० हजार ७२९ मत प्राप्त गरे ।
आफूलाई जनताले विश्वास गरेको र वाम गठबन्धनको साथ र सहयोगले विजयी भएको सिलवालको भनाइ छ । मत परिणामलाई हेर्दा राजनीतिक कर्मभन्दा बाहिर रहेका एकाध उम्मेदवार मात्रै सफल भएको र अन्य धेरै भने असफल भएको देखिन्छ । तर पराजित र विजयी हुने उम्मेदवारका भने आ–आफ्नै दाबी रहँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ०२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC