site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं (रासस)। आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ ।

यही मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले सो पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक सिद्धान्तलाई कार्यान्वयन नगरिएकाले जनताले अनुमोदन गरेको पाइएन । 

निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपाले नेपाली काँग्रेससँग तालमेल गरी कुल पाँच स्थानमा उम्मेदवारी दिएकामा एक स्थानमा मात्र जित हासिल गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विजयी एक स्थानमा पनि वाम गठबन्धनसँगको तालमेलका कारण सो पार्टीलाई सफलता मिलेको हो । पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट नेकपा (एमाले) का कृष्णप्रसाद दाहालसँग छ हजार ७२ मतान्तरले पराजय भोग्नु परेको छ । दाहाललाई ४० हजार ६३० मत प्राप्त हुँदा थापाको ३४ हजार ५५८ मत आएको थियो ।

राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले वाम गठबन्धनको समर्थनका कारण झापा–३ मा काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई १३ हजार ४५५ मतान्तरले पराजित गरे ।
यही वर्ष राप्रपाबाट फुटेर बनेको राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर जबरा सिन्धुपाल्चोक–२ मा आठ हजार ३२ मतको फरकमा एमालेका नेता शेरबहादुर तामाङसँग पराजित भए ।

Global Ime bank

काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी भएको उक्त पार्टीले प्रत्यक्षतर्फ देशभरबाट चार सिटका लागि तालमेल गरे पनि एक सिटसमेत जित्न सकेन । 

राप्रपा एकीकरण भएलगत्तै पुन विभाजित डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) ले कुनै गठबन्धनसँग तालमेल नगरी निर्वाचनमा होमिएकोमा कुनै पनि सिट जितेन । 

मुलुकमा हिन्दूराष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक शासन व्यवस्थाको पक्षमा वकालत गर्दै आएको थापा नेतृत्वको राप्रपाले फरक मतसहित संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा हस्ताक्षर गरी त्यसपछिका सरकारमा सहभागी हुँदै आएको थियो । 
तर सो पार्टीले निर्वाचनको घोषणापत्रमा पुन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा आफूलाई प्रस्तुत गरेको थियो । 

राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले हिन्दूराष्ट्रको आवश्यकतामा जोड दिँदै परम्परागत शक्तिलाई समेत मान्ने विषयलाई चुनावी घोषणापत्रमा उल्लेख गरेको छ । डा. लोहनी नेतृत्वको दल पाँच हजार वर्ष पुरानो वैदिक सभ्यतासहितको हिन्दूराष्ट्रको पक्षमा उभिएको छ । 
उसले राष्ट्रिय चरित्रसहितको संस्थाका रुपमा राजसंस्था र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री राख्नुपर्ने घोषणापत्रमा माग गरेको छ । 
तीन दशक लामो पञ्चायती व्यवस्थामा सक्रिय राजनीति गरेका नेतामध्ये तीनवटै पार्टीका अध्यक्ष अबका राजनीतिमा हावी हुने सम्भवना न्यून हुँदै गएको छ । 
राप्रपाका प्रवक्ता भुवन पाठक चुनावको मुखमा पार्टी विभाजन हुनु नै आफूहरूको परिणाम निराशाजनक हुनुको कारण भएको बताउँछन् ।
उनले निर्वाचन परिणामका बारे चाँडो केन्द्रीय समितिको बैठकमा समीक्षा गरिने जानकारी दिए ।

राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले पार्टी विभाजनका अतिरिक्त लोकतान्त्रिक गठबन्धनका नाममा कम स्थानमा उम्मेदवार उठाइएकाले पनि पराजय भोग्न परेको विचार व्यक्त गरे ।
उनी पार्टीका नीति तथा कार्यक्रम तल्लो तहसम्म पु¥याउन नसकेको समेत स्वीकार्छन् ।

डा लोहनी नेतृत्वको दलका केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टी विभाजन भएपछि संगठन निर्माणका लागि समय कम हुनुका साथै दुई पार्टीको चुनाव चिह्न गोलाकारभित्र र चारकुनाभित्र हलो दुईवटा भएका कारण पनि सफलता प्राप्त हुन नसकेको बताउँछन् ।

पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको नेतृत्वमा विसं २०४७ जेठ १५ गते एकै दिन राप्रपा स्थापना भएको थियो । राप्रपा (थापा) र राप्रपा (चन्द) एक वर्षभित्र पुनः एकीकृत भएपनि करिब २६ वर्षको यात्रामा धेरै पटक विभाजित हुँदै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC