site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
युरोपियन युनियनको सहयोगले निरन्तरता पाउने  
Sarbottam CementSarbottam Cement

काठमडौं ।  नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनीकाकोडिले नेपालको समुचित आर्थिक विकासका साथै व्यवसाय प्रवद्र्धनको लागि युरोपियन युनियनको तर्फबाट सहयोग निरन्तर हुने बताएकी छिन् ।

नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग काठमाडौं स्थित आफ्नै कार्यकक्षमा मंलबार भएको भेटवार्ता राजदूत कोडिले सहयोग गर्ने प्रतिवद्धता जनाइएकी थिइन् । 
उनले नेपालको संविधानको कार्यान्वयनको क्रममा हालै शान्तिपूर्ण रुपमा सम्पन्न केन्द्र, प्रदेश र स्थानीयतहको निर्वाचनपछि देशमा विकासको सम्भावनाको साथै लगानीकर्ताहरुमा विश्वास बढेको बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै उनले नेपालको जनस्वास्थ्य, शिक्षा क्षेत्र, लगायत निजी व्यवसाय प्रवद्र्धनको लागि समेत युरोपियन युनियनले सहयोग गर्ने धारणा व्यक्त गरेकी जनाइएको छ । सो अवसरमा युरोपियन युनियन बैंकको सञ्चालनको सम्भावनाको समेत अध्ययन भइरहेको उनले जानकारी दिइन् ।

भेटवार्तामा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको राजनीतिक स्थायित्व भएसँगै आर्थिक एजेण्डालाई अबको सरकार र राजनीतिक दलले प्राथमिकता राखेको पाइएको बताए । सो कारण निजी क्षेत्रको संस्थागत विकासमा युरोपियन संघ जस्ता विकास साझेदार संस्थाहरुको सहयोग अर्थपूर्ण रहने उनको भनाइ छ ।

Global Ime bank

परिसंघले विगत तीन वर्षदेखि युरोपियन युनियनको सहयोगमा नेपालको निकासी प्रवद्र्धनको उद्देश्यले स–साना परियोजनाका साथै दुईवटा पूर्वाधार सम्मेलन समेत सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए । उद्योगको उत्पादन वृद्धि, गुणस्तर सुधार गर्ने उद्देश्यले ‘औद्योगिक एक्सिलेन्स केन्द्र’ को सञ्चालनको काम अघि बढाउने कार्यक्रम समेत सञ्चालन गरिसकेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC