site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मतदातालाई धन्यवाद दिन प्रचण्ड पुनः घरदैलोमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो सुरू गरेका छन् । 
वाम गठबन्धनबाट उम्मेदवार प्रचण्डले ९ हजार ३४१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई पराजित गरेका हुन् । प्रचण्डले ४८ हजार २७५ मत प्राप्त गर्दा पाण्डेले ३८ हजार ९४२ मत प्राप्त गरेका हुन् । बहालवाला वनमन्त्रीसमेत रहेका पाण्डेलाई कांग्रेसले समर्थन गरेको थियो । 
आफ्ना प्रतिस्पर्धी प्रचण्ड विजयी भएपछि पाण्डेले भेटेरै बधाई दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा पराजितमध्ये पाण्डेमात्र कार्यक्रममा उपस्थित भएका थिए । 
आफूलाई मत लिएर विजयी गराउने मतदातालाई भेट गरी आभार प्रकट गर्न उनले भरतपुर–१५, शिवनगरस्थित निवासबाट घरदैलो अभियानमा जुटेका हुन् । उनी फूलवारी, मंगलपुर, रामपुर, चनौली, ज्योतिनगर, गोलाघाट, गुञ्जानगर, पर्साढाप, लेबरनगर, शुक्रनगर, पार्वतीपुर हुँदै लाहुरेचोकमा समापन हुने निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदी ‘पथिक’ले जनाएका छन् । 
उनले सडकबाटै मतदातालाई धन्यवाद दिएका छन् । बुधबार पनि उनी घरदैलो कार्यक्रममै व्यस्त रहने सुवेदीले बताएका छन् । उनी क्षेत्र नं ३ कै माडी उपत्यका र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हुँदै केन्द्रीय बसपार्कमा समापन हुनेछ । 

निर्वाचनअघि भावी प्रधानमन्त्री वा राष्ट्रपति हुने भन्दै उनीे चुनावी कार्यक्रममा सरिक भएका थिए । हेभीवेट उम्मेदवार भएका कारण पश्चिम चितवनको विकासका लागि प्रचण्डलाई धेरै मतदाताले मत दिएका थिए । उनका समर्थकहरुले फूलमाला र घडा राखेर स्वागत तथा सम्मान गरेका थिए । प्रचण्डसँगै वाम गठबन्धनका तर्फबाट प्रदेश (क) मा विजयी एमालेका कृष्ण भूर्तेल र प्रदेश (ख)बाट माओवादी केन्द्रबाट विजयी रामलाल महतो घरदैलोमा सहभागी भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC