site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यी हुन् हजारभन्दा कम मतले पराजित हुने कांग्रेस उमेदवार
Sarbottam CementSarbottam Cement

काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारले नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले नराम्रोसँग पराजय बेहोरेको छ । प्रतिनिधिसभातर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा कांग्रेसले अहिलेसम्म १ सय ४३ क्षेत्रमा पराजय बेहोरिसकेको छ । अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेका पाँच निर्वाचन क्षेत्रमा पनि कांग्रेसले पराजय भोग्ने निश्चितप्रायः छ । 

कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि अघि सारेका उमेदवारहरु ४७ देखि ३० हजार मतान्तरले पराजित भएका छन् । सबैभन्दा कम मतान्तरले हुम्लामा र सबैभन्दा धेरै मतान्तरले देलखामा कांग्रेसले पराजय बेहोरेको छ । सबैभन्दा थोरै मतको अन्तरले हुम्लाका उमेदवार मंगलबहादुर शाही पराजित भएका छन् । उनी स्वतन्त्र उमेदवार छक्कबहादुर लामासँग ४७ मतले पराजित भएका हुन् । 

यस्तै कांग्रेसबाट उमेदवारी दिएका नेतामध्ये दोलखाका रुद्रबहादुर खड्का सबैभन्दा बढी मतान्तरले हारेका छन् । उनी नेकपा एमालेका उमेदवार पार्वत गरुङसँग ३० हजार ६४४ मतले हारेका हुन् । एमाले उमेदवार गुरुङले ५५ हजार ४५७ मत ल्याउँदै कांग्रेसका खड्काले २४ हजार ८१३ मतमा चित्त बुझाउनु परेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसमा ६ जना उमेदवारहरु एक हजारभन्दा कम मतले कम्युनिष्ट गठबन्धन र मधेसवादी दलसँग पराजित हुनु परेको छ । ५ जना उमेदवारहरुलाई कम्युनिष्ट गठबन्धनका संयुक्त उमेदवारले हराएका छन् भने एक जना उमेदवार राष्ट्रिय जनता पार्टी नेपालका उमेदवारसँग झिनो मतअन्तरले पराजित भएका छन् । 

कांग्रेस नेताहरु डा. शेखर कोइराला, रमेश लेखक, नवीन्द्रराज जोशी, दीपकुमार उपाध्याय, मंगलबहादुर शाही र दिलमान पाख्रिन एक हजारभन्दा थोरै मतले हार्ने उमेदवारहरु हुन् । डा. कोइराला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा एमालेका नेता लालबाबु पण्डितसँग ६७५ मतले पराजित भएका छन् । उनले ३३ हजार २६६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

Global Ime bank

नेता लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट एमाले उमेदवार डा. दीपकप्रकाश भट्टसँग २५८ मतले हारेका छन् । उनले कुल खसेको मतमध्ये २६ हजार १०६ मत ल्याएका छन् । 

राजदूतबाट राजीनामा दिएर कपिलवस्तु–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावमा होमिएका दीपकुमार उपाध्यायले पनि ९४६ मत अन्तरले हार बेहोेर्नुपरेको छ । उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरेका थिए । त्यस्तै कांग्रेसका अर्का नेता नवीन्द्रराज जोशी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठसँग पराजित भएका छन् । १२ हजार ९५३ मत ल्याएर जोशी श्रेष्ठसँग ४२६ मतले पराजित भएका हुन् । 

यसै गरी कांग्रेस नेता दिलमान पाख्रिनलाई हराउँदै एमाले नेता खेमप्रसाद लोहनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लोहनीसँग ६४० मते पछि परेका पाख्रिनले ३५ हजार ६१६ मत प्राप्त गरेका छन् । सत्तारुढ कांग्रेस सबैभन्दा थोरै मतान्तरले हुम्लामा पराजित हुन पुगेको छ । हुम्लामा कांग्रेस नेता मंगलबहादुर शाहीलाई स्वतन्त्र उमेदवार छक्कबहादुर लामाले ४७ मतले पछि पारेर प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । लामाले आठ हजार ४९१ मत ल्याउँदा कांग्रेस उमेदवार शाहीले आठ हजार ४४४ मत ल्याएका थिए । 

समाचार तयार पार्दासम्म कांग्रेस नेता विजयकुमार गच्छदार पनि १५५ मतले पछि छन् । उनले २९ हजार १७१ मत ल्याउँदा एमाले नेतृ भगवती चौधरी १९ हजार ३२६ मतका साथ अग्रता लिइरहेकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC