site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 सरकार गठन र पार्टी एकता सँगसँगै : प्रचण्ड
Sarbottam CementSarbottam Cement

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र ३ को प्रतिनिधिसभामा विजयी हुन सफल पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन र पार्टी एकता सँगसँगै हुने बताएका छन् ।
विजयी भएपछि बाह्रखरीका प्रतिनिधिसँगको संवादमा उनले यस्तो बताएका हुन् ।

चुनावलगत्तै माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकीकरण हुने भन्दै अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी ओलीले चुनावी प्रचार गरेका थिए ।
प्रचार गरेअनुसार निकट भविष्यमै सरकार गठन र पार्टी एक हुनेमा विश्वस्त हुन प्रचण्डले आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नेतृत्वको इच्छाशक्ति भएमा पार्टी एकता नौलो विषय नभएको उल्लेख गर्दे नेता प्रचण्डले भने, “जनता र कार्यकर्ताको भावनाको सम्मान गर्न पनि पार्टी एकीकरण आवश्यक छ ।”
माओवादी र एमाले मिले भने देश बनाउँछन् भन्ने विश्वासका साथ जनताले अत्यधिक मतले जिताएको प्रचण्डको भनाइ छ ।

पार्टी एक नभएसम्म जनताले चाहेको राजनीतिक स्थायित्व र विकास सम्भव नहुने भन्दै प्रचण्डले देशको समृद्धिका लागि नै पार्टी एकता गर्न लागिएको बताए । 

Global Ime bank

यसअघि कम्युनिस्ट पार्टी नमिल्दा देशवासीले चाहेअनुसार विकास र समृद्धि नभएको बताउँदै अध्यक्ष प्रचण्डले जनचाहनाअनुसार नै पार्टी एकता गर्न लागेको बताए ।
इतिहासको तीता अनुभवबाट पाठ सिकेर विभिन्न समयमा पैदा भएका कठिनाइहरु मनन गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।
“नेतृत्वको इच्छाशक्तिबाट एकता हुन्छ । नेतृत्वले कार्यकर्ता र जनताको भावनालाई सम्मान गर्र्नुपर्छ,” उनले भने । 

त्यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावअघि भएका सबै प्रतिबद्धता क्रमशः पूरा हुँदै जाने बताएका छन् ।
प्रचण्डले भने, “चुनावमा प्रस्तुत गरिएका केही एजेण्डा महत्वाकांक्षी पनि छन्, तर ती पूरा हुन्छन् ढुक्क रहनुुहोस् ।”
प्रचण्डले जनयुद्धको सपना अझै पूरा नभएको बताएका छन् । समाजवाद र साम्यवादको यात्रा पूरा गर्नुपर्ने भन्दै उनले दीर्घकालीन प्रक्रिया र क्रान्तिबाट मात्र यो उद्देश्य सम्भव रहेको बताए । 
जनयुद्धले परिकल्पना गरेअनुसार संविधानसभाबाट सविधान बनाउने, देशमा गणतन्त्र ल्याउने, संघीयतामा लैजाने, संविधान कार्यान्वयन गर्नेजस्ता सपना मुलभूतरुपमा पूरा भएको उनले उल्लेख गरे ।
चितवनको विकासका लागि प्रशस्त सम्भावना र योजनाहरु रहेको उनको भनाइ छ । नारायणी नदी, रिउ र राप्ती तटबन्ध रिङरोड र लिंक रोड बनाउने सपना छिट्टै पूरा हुने आश्वासन पनि उनले दिए ।
सुकुुम्बासी व्यवस्थापन देशको प्रमुख समस्या रहेकाले यसको समाधानका लागि अब बन्ने सरकारले पहिलो एजेण्डा बनाउने उनले बताए ।
उनले भने, “सुकुम्बासी समस्या समाधान कार्यलाई अघि बढाउने छ । पूर्जा वितरण सम्भव भए बाँड्ने, नत्र स्थानान्तरण गर्ने र कतिपयलाई तालिम र रोजगारीका वैकल्पिक व्यवस्था गरी राज्यले आवासको व्यवस्था गर्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC