site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वृद्धवृद्धालाई मिलन केन्द्रमा दिन कटाउन सजिलो
Sarbottam CementSarbottam Cement

काठमाडौं । समाखुशीस्थित तिलिङ्गटार मार्गमा जेष्ठ नागरिक मिलन केन्द्र वृद्धहरुको विश्रामको राम्रो थलो बनेको छ । वृद्ध अवस्थामा रहेका मानिसहरु यहाँ घण्टांै बसेर कुराकानी गर्न रुचाउँछन् । २०७० सालमा स्थापना भएको उक्त जेष्ठ नागरिक मिलन केन्द्र १०२ वर्षिय सोमनाथ ढुंगानाले स्थापना गरेका हुन् । 

सामाखुशीमा श्रीमती, छोरा र बुहारीको साथमा बस्दै आएका सोमनाथ ढुंगाना दिनहुँ जेष्ठ नागरिक मिलन केन्द्रमा आएर बस्छन् । छोरा र बुहारी दिनभरी आ–आफ्नो काममा गएपछि उनी दिन कटाउन जेष्ठ नागरिक मिलन केन्द्रमा दिन बिताउन थालेका हुन् । उनी भन्छन्, “घरमा एक्लै बस्दा दिक्क लाग्छ, यहाँ भयो भने यताउता रमझम हेर्दा रमाइलो लाग्छ ।” उनी जेष्ठ नागरिक मिलन केन्द्रमा बसेर रमाइरहँदा उनकी ७५ वर्षिय श्रीमती भने आमा समूहमा व्यस्त रहन्छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

८३ वर्षिय मीनप्रसाद पाण्डे पनि छोरा र बुहारीकै साथमा बस्दै आएका छन् । उनी पनि जेष्ठ नागरिक मिलन केन्द्रमै दिनभरी रमाउँछन् । उनले जेष्ठ नागरिक मिलन केन्द्र आएर दिन बिताउन थालेको ३ वर्ष भयो । उनी भन्छन्, “यहाँ आएर आफू सरहका साथीभाइसँग बसेर दिन बिताउन पाउँदा खुशी लाग्छ ।” जेष्ठ नागरिक मिलन केन्द्र आफ्नो एकान्तपनको सहारा रहेको उनी बताउँछन् । 

७३ वर्षिय विष्णुप्रसाद पाण्डे दिनहुँ आइपुग्छन् जेष्ठ नागरिक मिलन केन्द्रमा । दिनको कम्तीमा पनि तीन घण्टा उनले जेष्ठ नागरिक मिलन केन्द्रमा बिताउने गरेका छन् । उनलाई जेष्ठ नागरिक मिलन केन्द्रमा बसेर गफ गर्न निकै रमाइलो लाग्छ । उनी भन्छन्, “हाम्रो दिन कटाउनलाई यो राम्रो थलो बनेको छ ।” 

Global Ime bank

रघुनाथ बराल लमजुङबाट काठमाडांै आएको पाँच महिनामात्रै भयो । उनी काठमाडांै आएलगत्तै  जेष्ठ नागरिक मिलन केन्द्रसँग लगाव बढ्न थालेको छ । उनी पनि आफूसरहका साथीसँग गफ गरेर दिन कटाउँछन् । “दिनभरी कोठामा एक्लै बस्नुभन्दा यहाँ आएर साथीहरुसँग गफ गर्यो भने धेरै कुरा सिकिँदो रहेछ,” उनले सुनाए । 

सामाखुशी बस्नेमात्रै हैन, अन्य ठाउँबाट आउने वृद्धवृद्धा पनि त्यहाँ बसेर गफ गर्ने र विश्राम गर्ने गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC