site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यी खेलकर्मीले जिते चुनाव, के छन् योजना ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ संरचनाअनुसार पहिलोपटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा खेलकुद क्षेत्रका व्यक्तिको पनि उल्लेखनीय सहभागिता रह्यो । उमेदवार भएका कुनै खेलकर्मीले जिते भने कुनै खेलकर्मी पराजित भए । 

चुनाव जितेका खेलकर्मी

जीवनराम श्रेष्ठ
काठमाडौं क्षेत्र ८ को प्रतिनिधिसभामा एमाले उमेदवार जीवनराम श्रेष्ठले जित हात पार्न सफल भए । नेपाल ओलम्पिक कमिटिका अध्यक्षसमेत रहेका श्रेष्ठले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार बनेका कांग्रेसका नविन्द्रराज जोशीलाई पराजित गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

श्रेष्ठले १३ हजार ५ सय ९७ मत ल्याए । श्रेष्ठले जोशीलाई ६ सय ४४ मतले पछि पारेका थिए । यो क्षेत्रबाट दुई पटक निर्वाचित जोशीले १२ हजार ९ सय ५३ मत प्राप्त गरे । विवेकशील साझाका पुकार बमले ४ हजार ४१४ मत ल्याए ।

खेलकुदको नीति निर्माण गर्दै खेलकुद क्षेत्रको विकासको लागि नेपाललाई आकर्षणको केन्द्र बनाउने र खेलाडीको जीवन गौरवका साथ सुनिश्चितता गराउने एजेन्डा रहेको श्रेष्ठले बताउँदै आएका छन् ।

Global Ime bank

सुरेन्द्र हमाल
ओलम्पियन खेलाडी सुरेन्द्र हमाल बाँके क्षेत्र नम्बर २ (ख) प्रदेश सभाका लागि निर्वाचित भएका छन् । उनले ९२११ मत प्राप्त गरी जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका विजय कुमार गुप्ताले ८ हजार ४३२ मत पाए ।
भारोत्तोलन ओलम्पियन खेलाडी हमालले नेपाली खेलकुदमा दिर्घकालिन योजना बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रभाव पार्ने बताउँदै आएका छन् । 

दीपक कोइराला
कास्की क्षेत्र नम्बर १ को प्रदेश (क) मा नेकपा माओवादी केन्द्रका दीपक कोइराला विजयी भएका छन् । विजयी कोइरालाले १८ हजार ७ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका जीवन परियारले १५ हजार ८१ मत प्राप्त गरे । 

उनले कांग्रेसका परियारलाई ३ हजार ६ सय ४६ मतान्तरले हराउँदै विजय हासिल गरेका हुन् ।
कोइराला नेपाल क्रिकेट संघ (क्यान) का पूर्व कार्यवाहक अध्यक्ष तथा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष हुन् । पोखरालाई खेल सहरको रुपमा विकास गर्ने उनको योजना छ । 

चुनाव हारेका खेलकर्मी

इन्द्रमान तुलाधर
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अघिकृत इन्द्रमान तुलाधर राजीनामा दिएर चुनावमा होमिए थिए । तर, उनी पराजित भएका छन् । उनी एमालेका अजयक्रान्ति शाक्यसँग पराजित भए । काठमाडौं क्षेत्र नम्बर ९ को क प्रदेशतर्फ कांग्रेसबाट चुनाव लडेका इन्द्रमान तुलाधरले ७१९३ मत प्राप्त गरे भने शाक्यले ९५३१ मत पाए ।

किशोर राई
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई सुनसरी क्षेत्र नम्बर १ को क मा पराजित भए । राई बाम गठबन्धनका प्रदीप भण्डारीसँग ५ हजार ४७३ मतान्तरले पराजित भएका हुन् । भण्डारीले १९ हजार २४३ मत प्राप्त गर्दा राईले १३ हजार ७७० मत प्राप्त गरे ।

राजीवविक्रम शाह
जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएका नेपाली कांग्रेसका राजीवविक्रम शाह पराजित भएका छन् । नेपाल एथलेटिक्स संघका अध्यक्षसमेत रहेका शाह बाम गठबन्धनका शक्तिबहादुर बस्नेतसँग ८ हजार ९९२ मतान्तरले पराजित भएका हुन् । माओवादी केन्द्रका बस्नेतले ३२ हजार २८१ मत प्राप्त गर्दा शाहले २३ हजार २८९ मत पाए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC